बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् यो साता बजारमा आएका गीत संगीत

सोमबार, ०७ माघ २०७५, १८ : १५
सोमबार, ०७ माघ २०७५

काठमाडौ– यो साता पनि विभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनमा यो साता संख्यामा भने केही कमी देखियो । ती गीत संगीत केही सार्वजनिक कार्यक्रमसहित बाहिर ल्याइयो भने केही युट्युबमार्फत सार्वजनिक भए । यस्ता छन् यो साता बजारमा आएका गीत संगीत ।

‘यो मान्छेको चोला’
काठमाडौं – लोक दोहोरी गीत ‘यो मान्छेको चोला’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा सुरेशरमण अधिकारी, हिमाल शर्मा र गायिका सीता बरालको स्वर रहेको छ । 
शर्मिला पुरीको संगीत, महेश नेपालको शब्द रहेको गीतलाई जनता डिजिटल फिल्मस् प्रालिले बजारमा ल्याएको हो । गीतको भिडियो  शर्मिला पुरीले निर्देशन गरेकी हुन् । 

भिडियोमा केशव सापकोटा, अनु पराजुली, विजय कुँवर र आरोबी शाही ठकुरीको अभिनय देख्न सकिन्छ । अमृत चापागाइँको सम्पादन रहेको भिडियो छायाँकन मुकेश हुमागाइँले गरेका हुन् ।

‘मनको छाता’
काठमाडौं – नेपाल आइडल प्रतियोगी क्रिसल कँडेलको अभिनय रहेको गीत ‘मनको छाता’को भिडियो सार्वजनिक भएको छ । गीतमा एरिक गिरीको शब्द, संगीत तथा स्वर रहेको छ । दिपक आचार्यको निर्देशन रहेको भिडियामा क्रिसललाई भिडियोमा याङ्सुले साथ दिएकी छन् । सागर मगर र पूजा राईको कोरियोग्राफी रहेको गीतमा बुद्ध थापाको छायाँकन रहेको छ । भिडियो चन्दन दत्तले सम्पादन गरेका हुन् ।

‘मनको कुरा मनमै’

काठमाडौं– मोडल मनिषा सापकोटा र विजय श्रेष्ठ अभिनित नयाँ आधुनिक गीत ‘मनको कुरा मनमै’को भिडियो सार्वजनिक भएको छ ।  गोदावारीको सुन्दर लोकेसनमा छायाँकन गरिएको गीतमा शब्द तथा स्वर विजय श्रेष्ठको छ, भने संगीत जीतेन लेप्चाले दिएका हुन् । भिडियो सुवास प्रधानले निर्देशन गरेका हुन् । प्रेम र रोमान्टिक थिममा भिडियो तयार गरिएको छ । 

‘सोल्टिनी’

काठमाडौं – चर्चित लोकपप गायक सुनिल गिरी र अपेक्षा गिरीको नयाँ गीत ‘सोल्टिनी’ सार्बजनिक भएको छ । गायक सुनिल गिरीकै शब्द संगीत रहेको यस गीतको भिडियोमा पुष्प खड्का र अन्जली अधिकारी लगायतको अभिनय रहेको छ । 

भक्तपुरको चागुनरायण मन्दिरमा सुटिङ गरिएको उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । दीपेन्द्र तिमल्सिनको निर्देशन कोरियोग्राफी भिडियोमा रहेको छ । 

‘थोरै माया तिम्रो’ 

काठमाडौं– गायक दिपकराज पाण्डेको ‘थोरै माया तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । दिपकराज पाण्डे र मेलिना राईको स्वर, शक्ति क्षेत्रीको शब्द र राजनराज शिवाकोटीको संगीतमा उक्त गीत रेकर्ड भएको हो ।

गीतको म्यूजिक भिडियो समेत यूट्यूबमार्फत सार्वजनिक गरिएको छ । गीतमा प्रियंका कार्की र आयुष्मान देशराजले अभिनय गरेका छन् । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोलाई ओेएसआर डिजिटलले यूट्यूबमा राखेको हो ।

‘न मानामा नापिन्छ माया’ 

काठमाडौं – चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीत ‘न मानामा नापिन्छ मायाँ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पर्यटकीय क्षेत्र सौराहामा छायाँकन गरिएको भिडियोमा मौलिक पोसाकमा सजिएका थारु युवतीहरुको कोरस नृत्य अगाडि प्रिन्स आफैले मोडलिङ गरेका छन् । गीतमा निशा पाण्डे र जेनी घमलाको पनि अभिनय देख्न सकिन्छ ।
गायक हाल गोल्डेन होराइजन एकेडेमी काठमाडौमा कक्षा ५ मा पढ्दैछन् । भिडियामो सञ्जय पाण्डेको निर्देशन रहेको छ । गीतमा बसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको संगीत रहेको छ । 

‘छमछम पाउजु’

काठमाडौं– विकास लामिछाने र उपमा प्रधान अभिनित म्युजिक भिडियो ‘छमछम पाउजु’ सार्वजनिक भएको छ । प्रणोय लामाको स्वर र पुजन लोहागुणको शब्द तथा संगीत रहेको सार्वजनिक गीत रोमान्टिक शैलीमा तयार भएको छ ।

सुमित विश्वकर्माको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अहिलेका रायन कार्कीले निर्देशन गरेका हुन् । सिन्धुली आसपासमा छायाँकन भएको भिडिया मिनल शंकरले छायाँकन गरेका हुन् । 

‘लुंगी र चोली’

काठमाडौं– कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बेको नयाँ सेलो गीत ‘लुंगी र चोली’ सार्वजनिक भएको छ । गीतमा गायिका लक्ष्मी स्याङ्तानले साथ दिएकी छिन् । मिना लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । शिव शर्माको निर्देशन रहेको भिडियोमा इन्द्र दोङ्ग लामा खम्बे, निरञ्जली लामा, एरिन तामाङ, पुर्णिमा लामा थोकरको उत्कृष्ट अभिनय तथा नृत्य देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप