सोसियल मिडिया फिल्म अवार्डको उत्कृष्ट पाँच सार्वजनिक
काठमाडौं– ड्रिम वल्र्ड फिल्म मेकर्स प्रालिले यही २७ माघमा आयोजना गर्न लागेको ‘सोसियल मिडिया फिल्म अवार्ड–२०१८’ को उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।
राजधानीमा एक कार्यक्रम गर्दै १२ विधाको उत्कृष्ट ५ मनोनयन सुची पनि सार्वजनिक गरिएको छ । सो अवार्डका लागि प्राप्त सर्ट फिल्म, बृत्तचित्र, न्युज भिडियो, फेसबुक भिडियो र युट्युव भिडियोबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको अध्यक्ष मुखियाले जानकारी गराएकी छिन् ।
कार्यक्रम संयोजक रविन आचार्यका अनुसार अवार्डका लागि यी विधाका ७५ ओटा भिडियो प्राप्त भएको थियो । सम्पादक करुण थापा, सञ्चारकर्मी केपी ढुंगाना र सिनेकर्मी एवम् सञ्चारकर्मी संगीता श्रेष्ठको निर्णायक टिमले ७५ ओटा भिडियो हेरेर उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।
कार्यक्रममा विधा उत्कृष्ट सर्ट फिल्म, उत्कृट सर्ट फिल्म निर्देशक, उत्कृष्ट सर्ट फिल्म सम्पादक, उत्कृष्ट सर्ट फिल्म छायाँकार, उत्कृष्ट सर्ट फिल्म ध्वनी, उत्कृष्ट सर्ट फिल्म अभिनेता र उत्कृष्ट सर्ट फिल्म अभिनेत्री गरेर सर्ट फिल्ममा ६ विधा सार्वजनिक गरिएको हो ।
यस्तै कार्यक्रममा अन्य ६ विधामा उत्कृष्ट ट्रोल, उत्कृष्ट न्युज भिडियो, उत्कृष्ट फेसबुक भिडियो, उत्कृष्ट युट्युव भिडियो र उत्कृष्ट वृत्तचित्रको पनि मनोनयन सूची सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले एउटा नयाँ अवधारणामा सवनम मुखियाले अवार्ड गर्न लागेकाले बोर्डका तर्फबाट आफुहरुले सघाउने बताए ।
आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाले सामाजिक सञ्जालमा आउने गरेको फिल्म तथा भिडियोहरुको प्रवद्र्धनका लागि सोसियल मिडिया फिल्म अवार्ड गर्न लागेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण