रविसँग विवाह गरेपछि निकिताको प्रतिक्रिया, ‘भोज वैशाखमा खुवाउँछौँ’
काठमाडौं – चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र टेलिभिजनकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । दुवैले सोमबार मध्यान्न काठमाडौँ जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका हुन् ।
निकिता र रविले आफ्नो सामाजिक सञ्जाल मार्फत विवाहको खबर सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल विवाह सार्वजनिक गर्दै रविले लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ ।’
बोर्ड अध्यक्ष पौडेलले पनि रविसँगको सत्य भएको बताएकी छन् । ‘हामीले बैशाखमा मात्र विवाह गर्ने योजना बनाएका थियौँ,’ निकिताले भनिन्, ‘हाम्रो बारेमा बजारमा चलेको विभिन्न हल्लाले यो निर्णय हतारमा लिन बाध्य भएका हौ ।’
पौडेलले परम्परागत रुपमा वैशाखको तेस्रो साता विवाहको योजना गरेको सुनाइन् । उनले थपिन् ‘विवाह भोज सबैलाई खुवाउँछु ।’
केही साताअघि मात्रै रवीको पूर्वश्रीमती इशा श्रेष्ठसँग सम्बन्ध विच्छेद र पौडेलको प्रेमको चर्चा चलेको थियो । सो समय निकिता र रवि केही वर्षदेखि प्रेममा रहेका समेत विभिन्न मिडियाले समाचार बनाएका थिए ।
तर उक्त समय दुवैले प्रेमको विषयमा खुलेर बाहिर चर्चा गर्न चाहेनन् ।
‘रविसँग तपाईंको लामो समयदेखि प्रेम रहेको थियो हो ?’ भन्ने प्रश्नमा निकिलताले भनिन्, ‘बाहिर आएजस्तो हाम्रो प्रेम सम्बन्ध थिएन । हामी दुवै एक्लै थियौँ । आफन्तले विवाहको प्रस्ताव ल्याए । हामीले पनि उचित ठानेर स्वीकारेका हौँ ।’
निकिताले आफ्नो विवाहमा परिवारको समेत सहमति भएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी