शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेलको प्रश्न: सरकारले संविधानमाथि प्रहार गरेर के गर्न खोजेको हो ?

सोमबार, ०७ माघ २०७५, १६ : ५५
सोमबार, ०७ माघ २०७५

पाल्पा– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठकले निर्णय गर्नु संविधानको मर्ममाथिको प्रहार भएको प्रतिक्रिया दिएका छन् । 

नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले विपक्षी दलको नेताको अनुपस्थितिमा परिषदको बैठक बसेर विभिन्न आयोगमा नियुक्ति गरेकोप्रति आपत्ति जनाएका हुन् ।

‘सरकारले विपक्षी दलको नेताको अनुपस्थितिमा परिषदका बैठकबाट विभिन्न निर्णय गरेको छ ।यो संवैधानिक व्यवस्थामाथिको चुनौती हो ।’ नेता पौडेलले भने, ‘यो संवैधानिक परिषदमाथि चुनौती दिएर आफ्ना मान्छे नियुक्ति गर्ने काम आपत्तिजनक छ । यो सरकारले गर्न खोजेको के हो ? जनतालाई प्रष्ट पार्नुपर्छ ।’

सरकारले आइतबार प्रमुख विपक्षी दलको नेताको अनुपस्थितिमा बैठक गरेर विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको थियो ।  कम्युनिष्टहरुले लोकतान्त्रीक समाजावादलाई स्वीकार गर्न बाध्य स्मरण गर्दै उनीहरुको अहिलेसम्म पनि सिद्धान्तको टुंगो नलागेको दाबी गरे । 

नेपा पौडेले भने, ‘कम्युनिष्टहरुले संविधानमा भएको लोकतान्त्रिक समाजवाद स्वीकार पनि लोकतान्त्रिक पद्धतिबारे धरमरै रहेका छन् । कम्युनिष्टहरु अस्ती अर्कै थिए, हिजो अर्कै भए अनि आज अर्कै छन् । विचार नै कम्युनिष्टको फरक–फरक छ । सच्चा समाजवादी हामी हौं । हामीले भनेको समाजवादले सम्पुर्ण कुराको समाधान दिन्छ ।’  उनले कम्युनिष्टसँग हिम्मत भए अधिनायकवादी शासन चलाउन चुनौती पनि दिए । 

नेता पौडेलले फरक प्रसंगमा पार्टीको १४ औँ महाधिवेशन समयमै हुनु पर्नेमा जोड दिए ।  ‘अब हामीले कार्यसमितिको अवधि बढाउन हुँदैन् । मैले भन्दै आएको छु । अब टाइम्ली महाधिवेशनमा जानुपर्छ ।’ उनले भने, ‘यसो गर्न सकिएन भने पार्टीको हितमा हुँदैन । तोकिएको समयसिमा नै महाधिवेशन गराउनुपर्छ ।’

उनले पार्टीमा देखिएका गुट उपगुटहरुको व्यवस्थापन गर्ने जिम्मा प्रमुख नेताहरुको भएको बताए । मुल्याङकनका आधारमा पार्टी सञ्चालन भएमा सबै कुरा ठिक हुने उनको भनाई छ । यसबाट मात्र पार्टीमा सबैको साथ सहयोग रहने उनको बुझाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप