शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकद्वारा छानामा राखिने सौर्यऊर्जा खरिद सम्झौता

सोमबार, ०७ माघ २०७५, १६ : ०५
सोमबार, ०७ माघ २०७५

काठमाडौं–एनएमबी बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल (सन) सँग सौर्यऊर्जा खरिद सम्झौता गरेको छ । सम्झौतामा ‘नेट–मिटरिङ’मा आधारित प्रशारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य ऊर्जाको ऊर्जा खरिद गर्ने घोषणा बैंकले गरेको छ ।

यो विद्युत प्रशारण लाइनसँग आवद्ध सौर्य–ऊर्जा एनएमबी बैंकको बबरमहल काठमाडौंस्थित केन्द्रीय कार्यालयको छतमा राखिने छ । यस ऊर्जा खरिद सम्झौताअन्तर्गत सनले छानामा सौर्यऊर्जा स्थापना–जडान, स्वामित्व ग्रहणसहित १५ वर्षका लागि सञ्चालन गर्नेछ ।

एनएमबी बैंकले ऊर्जा उत्पादन/सञ्चालनका लागि कुनै लगानी नगरी यो छानामुखी सौर्यऊर्जा (सोलार रुफ–टप) बाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनबाट उपलब्ध हुने विद्युतको खुद्रा महसुल दर भन्दा कम दरमा खरिद गर्नेछ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, “नेपालमा नवीकरणीय ऊर्जाको विस्तार एवं त्यसका लागि वित्तीय लगानी गर्ने एनएमबी बैंकको प्रतिबद्धतालाई पुष्टि गर्छ । यसले हाम्रो आफ्नो विद्युत् आवश्यकताको एउटा हिस्सा सौर्य ऊर्जाबाट पूरा मात्र हुँदैन, नेपालभरि छानामा राखिने सौर्य ऊर्जा प्रणालीको विस्तारका लागि लगानी विस्तारका लागिसमेत हामी यसको उपयोग गर्नेछौं ।” 

एनएमबीको छानामुखी सौर्य प्रणालीको आयु २० वर्षभन्दा लामो समयावधि रहेको छ, उक्त अवधिमा बैंकले प्रशारण लाइनबाट प्राप्त विद्युत भन्दा कम दरमा प्रति यूनिट भुक्तानी गर्नेछ । यो ५० किलोवाटको सौर्यउ mर्जाले २० लाख किलोवाट घण्टा (किलोवाट आवर) बराबरको विद्युत् आयात कम गर्नमा तथा आयोजना अवधिभरिमा २ करोड रुपैयाँभन्दा बढीको आयात लागत घटाउन सहयोग पु¥याउनेछ ।

सरल ऊर्जा नेपालका प्रबन्ध निर्देशक विशाल थापाले भने, “हामी नेपाल विद्युत प्राधिकरणको नेट मिटरिङ प्रणाली अपनाउन दिने निर्णयको स्वागत गर्दछौं, यो यस्तो प्रणाली हो, जसका माध्यमबाट विद्युत उपभोक्ताले आफ्नो सौर्य ऊर्जा प्रणालीलाई प्रशारण लाइनमा आवद्ध गर्न दिन्छ र बढी भएको विद्युत् प्रशारण लाइनमार्फत् निर्यात गराउँछ ।

नेट मिटरिङले नेपालको विद्युत उत्पादनका आधारहरू विविधीकरण गर्ने, उपभोक्तामाथि विद्युतको लागत घटाउने, आयात घटाउने र अझ बढी विश्वसनीय विद्युतीय प्रशारण लाइन (ग्रिड) सहितका व्यापक अवसरहरू विस्तार गर्न ढोका खोलेको छ ।” 

त्यसैगरी ऊर्जा तथा विकास संगठनका प्रमुख दिनेश दुलालले परियोजनापछि सनसँगको सहकार्यमा नेपालभरि नै सौर्यऊर्जा विस्तार गर्नका लागि वित्तीय लगानीको प्रक्रिया आरम्भ हुने अपेक्षा गरेको जसले उपभोक्तालाई खर्च बचाउन, नेपालको विद्युत् उत्पादन प्रक्रियामा विविधीकरण गर्न, विद्युत् आयातमा कमी ल्याउन र थुप्रै नयाँ रोजगारी विस्तार गर्न सहयोग गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप