बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको तीन नयाँ शाखा विस्तार, सातै प्रदेशमा सम्पर्क कार्यालय

सोमबार, ०७ माघ २०७५, १५ : ५५
सोमबार, ०७ माघ २०७५

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले थप तीन नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका ६ स्थित बौद्ध, जाजरकोटको भेरी नगरपालिका ४ गौरीखाली र  रुकुम पूर्वको सिस्ने गांउपालिका ६ रुकुमकोटमा शाखा कार्यालय विस्तार गरेको हो ।

यी सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २१५ पुगेको छ । 

त्यसैगरी, बैंकले गत पुस मसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय÷सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप