शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती सांसद भन्छन् -ब्रेक्जीट होइन भिजिट नेपालको कुरा गरौं

सोमबार, ०७ माघ २०७५, १५ : ४४
सोमबार, ०७ माघ २०७५

लण्डन । "ब्रेक्जीट "अर्थात् बेलायत युरोपबाट "एक्जीट"(बाहिरिने) बहस चलिरहदा बेलायतका  एकजना संसद् सदस्य वीरेन्द्र शर्माले यो मुद्दाले  दिक्क भएकाले अब भिजिट नेपालको कुरा गर्नुपर्ने बताएका  छन् ।
 शर्मा गत शनिबार यहाँस्थित नेपाली राजदूतावासमा आयोजित भिजिट नेपाल-२०२० सफल बनाउन एक उच्च स्तरीय समिति गठनको घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै थिए ।

बेलायतको संसदमा रहेको अल पार्टी पर्लियामेंटरी ग्रुप अन ब्रिटेन- नेपालका अध्यक्ष्य समेत रहेका सांसद शर्माले प्रकृतिको धनी एवम् सुन्दर देश नेपालको भ्रमण गर्न आ-आफ्नो समुदायका व्यक्तिहरुलाई नुरोध गरे बेलायतबाट २०२० मा लक्षित  एकलाख पर्यटक लग्न सकिने बताउँदै उक्त कार्यका लागि शुभकामना समेत ब्यक्त गरे ।

 प्रमुख प्रतिपक्षी लेबर पार्टीका सांसद शर्मा भारतीय मूलका  व्यक्ति हुन् र उनले नेपाल भ्रमण पनि गरिसकेका छन्।

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा नेपालबाट आएका नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक आदित्य बरालले बेलायतका लागि नेपालका राजदूत डाक्टर  दुर्गा बहादुर सुवेदीकोअध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन गरिएको  घोषणा गरेका थिए ।

 उक्त  उच्चस्तरिय मुल समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरण रहेका  छन् ।  
सम्बोधनका क्रममा बरालले नेपालको आर्थिक र पर्यटकीय विकासका लागि विदेशमा बसिरहेका नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै भ्रमण वर्ष २०२० सफल बनाउन सबैको सहयोगको लागि आह्वान समेत  गरे । 

नेपालमा केन्द्रीय सरकार र सात वटै प्रदेश सरकारहरुले समेत आ-आफ्नो ठाउबाट यसलाई बिशेष महत्व दिएर काम गरिरहेको बताउदै काठमान्डूस्थित अन्तरास्ट्रिय विमानस्थलको स्तर बढाई एक " बुटिक एरपोर्ट " बनाउने  कार्य भैरहेको जानकारी दिए । 

बरालले भ्रमण वर्ष २०२० बारे थप प्रष्टयाउंदै एक पर्यटन प्रबर्द्धनात्मक  भिडियो समेत प्रस्तुत गरेका  थिए।

समारोहलाई सम्वोधन गर्दै राजदुत डा सुबेदीले नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र सो वर्ष  नेपाल जाने पर्यटक संख्या २०  लाख पुर्याउने लक्ष्य रहेको बताए । 
उक्त उच्चस्तरीय समितिले नेपाल सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई ‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा राखेर सन् २०२० सम्म वर्षको एक लाख पर्यटक बेलायतबाट नेपाल भित्र्याउने लक्ष्य र उद्देस्य  लिएको बताइएको  छ । 

समितिमा एनआरएनए यूके, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसीप सोसाइटी, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, ब्रिटेन नेपाल एनजीओ नेटवक्स, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट, नेपाल पत्रकार महासंघ बेलायतलगायत यूकेमा रहेका क्रियाशिल सम्पूर्ण राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, क्षेत्रीय, जातीय र पेशागत संघसंस्था र समाजका अध्यक्षहरु पदेन सदस्य रहने बताइएको छ ।

सोहि अवसरमा इन्जिनियरद्वय  घनश्याम पौडेल र संयुक्त श्रेष्ठले ‘टेकु दोभान :अ यूके नेपाल फ्रेन्डसीप प्रोजेक्ट" नामक  प्रस्तुतिबारे ब्याख्या गरेका थिए  ।कार्यक्रम उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप