शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध

सोमबार, ०७ माघ २०७५, १५ : ००
सोमबार, ०७ माघ २०७५

काठमाडौं– प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध भएको छ । प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाइराखेपछि बैठकको काम कारवाही प्रभावित भएको हो । 

बैठकमा सभामुख कृष्णबहादुर महराले सोमबारका लागि तय भएका राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव बाहेक १ देखि ६ नम्बर सम्मको कार्यसूची कार्यसूचीबाट हटाएको जानकारी गराउँदै आसन ग्रहणका लागि आग्रह गरेका थिए । तर काँग्रेस सांसदहरुले उभिएर विरोध गरिरहेपछि सभामुख महराले बैठक स्थगित भएको घोषणा गरेका हुन् । अर्को बैठक भोली मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दे काँग्रेसले संघीय संसदका दुवै बैठक अवरुद्ध गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप