बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिड्नीमा नेपाल आइडल रवि ओडको लाइभ कन्सर्ट

सोमबार, ०७ माघ २०७५, १३ : ४१
सोमबार, ०७ माघ २०७५

सिड्नी –चर्चित गायन रियालटी शो ‘नेपाल आइडल सिजन–२’ का उत्कृष्ट ६ प्रतिस्पर्धि पहिलो एकसाथ कन्सर्टमा प्रस्तुत हुने भएका छन् । अष्ट्रेलियामा आयोजना हुन लागेको ‘‘नेपाल आइडल–लाइभ इन सिड्नी’मा उनीहरु मनोरन्जनात्मक गीतसंगीत सहित प्रस्तुत हुन लागेका हुन् । 

कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन् । ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरलले साथ दिनेछन् । कार्यक्रममा प्रतियोगी पवन गिरीको समेत प्रस्तुती रहनेछ । 

आगामी फेब्रअरी ८ अर्थात माघ २५ गते शुक्रवार सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट छमा पुग्न सफल गायक–गायिकाहरु प्रस्तुत हुदैछन् । सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो ।
 
अष्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो वृहत सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी गरिएको नेपाली टचका  फाउन्डर डाइरेक्टर दिपेश पुनले जानकारी दिएका छन् 

स्थानिय समय अनुसार साझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागि हुने छिन् । कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप