शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयुष्मानसँग छुट्टिएर रहन सक्दिनँ : प्रियंका

सोमबार, ०७ माघ २०७५, १३ : २९
सोमबार, ०७ माघ २०७५

काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले आफु अब अभिनेता आयुष्मान देशराज जोशीसँग छुट्टिएर रहन नसक्ने बताएकी छन् । ‘आयुष्मान र म एक अर्काे बिना बाँच्न नसक्ने भने होइन’ उनले भनिन् ‘तर हामी अब एक अर्कासँग छुट्टिएर रहन पनि सक्दैनौ र चाँहदैनौ पनि ।’ अबको दिनमा एक अर्काेसँग छुट्टिने कुनै मोड आए फेबिकल लगाएर समेत टाँसिने उनको भनाई रहेको थियो ।

सोमबार राजधानीमा आयोजित ‘आयंका फाउण्डेसन’ घोषणा कार्यक्रममा प्रियंकाले आयुष्मानसँग दुई बर्षदेखि प्रेम रहँदै आएको समेत जानकारी दिइन् । ‘हामी प्रेममा रहेको सबैलाई थाहा छ’ उनले थपिन् ‘तर कहिलेदेखि जानकारी नहोला ।’

प्रियंकाले ‘आयंका फाउण्डेसन’ आफ्नो र आयुष्मानको प्रेमको प्रतिकको रुपमा स्थापना भएको समेत जानकारी दिइन् । प्रियंका र आयुष्मानले समाजसेवाका लागि दुबै जनाको नामबाट यो ‘आयंका फाउण्डेसन’ स्थापना गरेको हुन् । 

महिला तथा बालबालिकाको हितका खातिर काम गर्ने उदेश्यले ‘आयंका फाउण्डेसन’ स्थापना भएको प्रियंकाले कार्यक्रममा बताइन् । ‘फाउण्डेसन नितान्त सेवाका लागि गठन गरिएको हो’ प्रियंकाले अगाडि भनिन् ‘समाजसेवा बाहेक अन्य केही उदेश्य छैन र रहने पनि छैन ।’

फाण्डेसनलाई आफुले गर्ने हरेक कामको आम्दानीको १० प्रतिशत रकम छुट्याएको जानकारी दिएकी प्रियंकाले सुरुमा यसैबाट फाउण्डेसन चल्ने र भावी दिनमा दाताहरुबाट पनि सहयोग लिने जानकारी दिइन् । 
कार्यक्रममा आयुष्मानले ‘आयंका फाण्डेसन’बाट निरन्तर समासेवा गर्ने आफुहरुको चाहना पुरा हुने बताए । उनले फाउण्डेसनमार्फत जो कोहीले पनि समाज सेवामा योगदान दिन सक्ने जानकारी दिए ।

फाउण्डेसनका सल्लाकार सरोज ओलीले फाण्डेसनले एक साताभित्र काभ्रेका विभिन्न स्कुलमा गएर विभिन्न चेतनामुलक कार्यक्रम गर्दै छात्राहरुको लागि निशुल्क प्याड वितरण गर्ने जानकारी दिए । फाउण्डेसनको अध्यक्षमा प्रियंका र महासचिवमा आयुष्मान रहेका छन् । कलाकार तथा निर्देशक सरोज ओली कानूनी सल्लाकार रहेको फाउण्डेसनमा ७ सदस्य कार्यसमिति रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप