मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालयका सहसचिवलाई काँग्रेस कार्यकर्ताले ‘गुरिल्ला युद्ध’ को धम्की दिँदा...

सोमबार, ०७ माघ २०७५, १२ : १९
सोमबार, ०७ माघ २०७५

काठमाडौं– कीर्तिपुरस्थित चोभारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खा बन्दरगाहको शिलान्याश गरेपछि एक स्थानीयले सहसचिवलाई ‘गुरिल्ला युद्ध’ गर्ने धम्की दिएका छन् ।

बन्दरगाह अध्ययन समितिको संयोजक समेत रहेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि शंकर सैंजुलाई मोवाइलमा म्यासेज गर्दै त्यस्तो धम्की दिएको आरोपमा स्थानीय विष्णु फुयाँल शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

‘रिकभरी नेपालको अध्यक्ष समेत रहेका चोभारका स्थानीय विष्णु फुयाँल शर्मालाई हामीले नियन्त्रणमा लिएका छौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने, ‘विद्युतीय कारोबार ऐन अन्तर्गत पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’

सहसचिव सैंजुले बन्दरगाह शिलान्यास कार्यक्रमको उद्घोषण गरेका थिए ।

सिमेन्ट कारखाना भएको स्थानमा सुख्खा बन्दरगाहको शिलान्यास गरिएको भन्दै स्थानीयले बिरोध गरिरहेका छन् ।

स्थानीय काँग्रेस कार्यकर्ता समेत रहेका फुयाँलले सहसचिवको मोवाइलमा म्यासेज गर्दै, ‘सुख्खा बन्दरगाह तुरुन्तै हटाउनु नत्र, गुरिल्ला युद्ध र अरु थप जे पनि हुनसक्छ’ भन्दै धम्कीपूर्ण म्यासेज गरेका थिए ।

मोवाइलमा त्यस्तो धम्कीपूर्ण  सन्देश आएपछि सहसचिव सैंजुले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले फुयाँललाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप