गोप्य विवाह गरेकी माइली साइरस गर्भवती ? अण्डाको तस्बिर राखेर गायिकाले गरिन् यो खुलासा
अमेरिकी गायिका माइली साइरस गर्भवती भएको खबर सोसल मिडियामा निकै फैलिरहेको छ । गायिकाले यो खबरलाई अफवाह बताउँदै यसको खण्डन गरेकी छिन् । माइली साइरसले एउटा अण्डाको सहारा लिएर यसबारे खण्डन गरेकी छिन् ।
केही दिन अघि मात्र एउटा अण्डाले इन्स्टाग्राममा सबैभन्दा धेरै लाइकको रेकर्ड बनाएको थियो । यसअघि सबैभन्दा धेरै लाइक पाउने रेकर्ड काइली जेनरको नाममा थियो । उनले आफ्नो एउटा फोटोमा पेट छोपिने गरी अण्डाको तस्बिर राख्दै उनले खबरलाई अफवाह बताएकी छिन् ।
इन्स्टाग्राममा एउटा साधारण अण्डाले पायो २.५ करोड बढी लाइक, नायिकाको विश्व रेकर्ड तोडियो
माइलीले फोटो ट्वीटर गर्दै लेखिन्, ‘म गर्भवती छैन तर हाम्रो लागि सबैजना खुसी भएकोमा निकै राम्रो महसुस भइरहेको छ । हामी पनि आफ्ना लागि खुसी छौं । हाम्रो जीवनको अलग अध्यायका लागि उत्सुक छु ।’
ओके अष्ट्रेलिया OK! Australia नामको म्यागजिनले माइली साइरस गर्भवती भएको र उनीहरुले छोरीलाई जन्म दिन लागेको रिपोर्ट प्रकाशित गरेका थिए ।
‘माइली निकै खुसी छिन् किनभने उनले लियामको बच्चा बोकिरहेकी छिन् .... छोरी, उनीहरुले आशा गरेझैं,’ ओके अष्ट्रेलियाले नाम नखुलाइएको स्रोतलाई उद्धृत गर्दै लेखेको थियो ।
माइली र लियाम हेम्सर्वले डिसेम्बर सात तारिखमा फ्रेंकलिनमा गोप्य तरिकाले विवाह गरेका थिए । दुबैको पहिलो भेट सन् २००८ मा फिल्म द लास्ट संगको सेटमा भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)