स्वस्थानी व्रत कथासँगै शालिनदीमा मेला सुरु
काठमाडौं - काठमाडौंको शङ्करापुर नगरपालिकामा रहेको धार्मिक नदी शालिनदीमा स्वस्थानी व्रत कथा सुरु भएसँगै एक महिने मेला आज सोमबारदेखि सुरु भएको छ । पौषशुल्क पुर्णिमा तिथिदेखि सुरु हुने मेला माघ शुक्ल पूणिर्मासम्म चल्ने छ ।
हरेक वर्ष माधवनारायणको मुर्ति शालिनदीमा ल्याएर मेला सुरु हुने परम्परा रहेको छ । सोमबार बिहानैदेखि दर्शानार्थीहरुको बाक्लो उपस्थिती रहेको छ । स्वस्थानीमा भएअनुसार गोमा ब्राह्मणी पुत्रनवराज राजाले राज्य गरेको प्राचीन नगर लावण्य देश साँखुको नदी किनारमा भक्तजनहरु एक महिनासम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।
मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिनासम्म बसिने यस व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी कथाको जनविश्वास रहेको छ ।
एक महिनापछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस