शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चौथो चरणबाट बहिरिए फेडेरर

सोमबार, ०७ माघ २०७५, ०८ : ४२
सोमबार, ०७ माघ २०७५

एजेन्सी – साविक विजेता रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणबाट बाहिरिएका छन् । आइतबार राति भएको खेलमा स्वीस स्टार फेडेरर ग्रीसका स्टेफानो सिसिपाससँग ६–७, ७–६, ७–५, ७–६ को सेटमा पराजित भएका थिए । 

अर्को खेलमा दोस्रो वरियताका राफेल नाडाल टोमस बर्डिकलाई ६–०, ६–१, ७–६ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगे । 

क्वार्टरफाइनलमा नाडालले अमेरिकाका फ्रान्सेस टियाफोसँग र सिसिपासले स्पेनका रोबर्टो बाटिस्टासँग प्रतिस्पर्धा गर्नेछन् । 

महिलातर्फ रुसी सुन्दरी मारिया सारापोभा र दोस्रो वरियताकी एन्जेलिक कर्बर पनि हार खेप्दै बाहिरिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप