बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीले गोल थप्दा बार्सिलोना ३-१ ले विजयी

सोमबार, ०७ माघ २०७५, ०८ : २२
सोमबार, ०७ माघ २०७५

एजेन्सी - स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लिगमा आफ्नो अग्रता थप बलियो बनाउँदै लगेको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले मध्यम टोली लेगानेसलाई ३–१ गेलले हराएको हो । जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी पाँच अंकले बढाएको छ । 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि ओउसमाने डेम्बेलेले ३२ औं मिनेटमा पहिलो गोल गरे । लुईस स्वारेजले ७१ औं मिनेटमा र कप्तान लियोनल मेस्सीले ९० औं मिनेटमा गोल थप्दै बार्सिलोनाको जित सहज बनाएका थिए

लेगानेविरुद्ध मेस्सी दोस्रो हाफमा मात्र मैदान छिरेका थिए । ६४ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले एक गोल गर्न भ्याए । खेलको ५७ औं मिनेटमा लेगानेसका मार्टिन ब्रेथवेटले एक गोल फर्काए । 

जितसँगै लिगमा २० खेलेको बार्सिलोनाले ४६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ४१ अंक छ । लेगानेस २२ अंकसहित चौधौं स्थानमा छ । यसैगरी आइतबार राति नै भएको अन्य खेलमा लिभान्तेले रियल भालाडोलिडलाई २–० र रियल बेटिसले गिरोनालाई ३–२ गोलले हरायो । रायो भालेकानो र रियल सोसिएडाडले २–२ तथा भिल्लारियल र एट्लेटिक बिल्बाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप