शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोताखोरहरुको सबैभन्दा ठूलो सार्कसँग आमनेसामने, ज्यान बचाएर यसरी बिताए दिन

सोमबार, ०७ माघ २०७५, ०७ : ५३
सोमबार, ०७ माघ २०७५

बीबीसी

अमेरिकाको हवाई द्वीपमा गोताखोरको एक समूहको ‘ग्रेट ह्वाइट शार्क’ भनिने सबैभन्दा ठूलो शार्कसँग आमनेसामने भएको छ । यी गोताखोर उक्त शार्कबाट बच्न सफल मात्र भएनन्, उनीहरुले शार्कसँग केही तस्बिरसमेत खिच्न भ्याएका छन् ।

त्यहाँबाट फर्किएपछि उनीहरुले यो कहानी र तस्बिर सबैमाझ साझा गरे ।

केही गोताखोर उक्त शार्कको निकै नजिक गएका थिए भने केहीले त्यसलाई छोएका पनि थिए ।

सबैभन्दा ठूलो शार्क भनिने ग्रेट ह्वाइट शार्क करिब २० फिट (६ मिटर) लामो थियो भने तौल २.६ टन थियो ।

केही अनुसन्धानकर्ताको मान्यता अनुसार २० वर्ष अघि डीप ब्लू भनिने यो शार्कलाई ट्याग गरिएको थियो । यसको अर्थ, उसको शरिरमा एउटा यस्तो उपकरण लगाइएको थियो जसमार्फत शार्कबारे सम्पूर्ण जानकारी जुटाउन सकिन्छ ।

ओहआशूको दक्षिण किनारमा एक स्पर्म ह्वेल मरेको थियो जसलाई खानका लागि ग्रेट ह्वाइट शार्क त्यहाँ आएको थियो ।

एक गोताखोर ओशियन रेमजीका अनुसार उनीहरु टाइगर शार्कको भिडियो बनाइरहेका थिए, एउटा टाइगर शार्क मृत ह्वेललाई खाइरहेको थियो । रेमजीका अनुसार त्यति नै बेला त्यहाँ गेट ह्वाइट शार्क आयो ।

उनले भने, ‘त्यहाँ केही टाइगर शार्क थिए, त्यति नै बेला ग्रेट ह्वाइट शार्क आयो । त्यसपछि अरु शार्क त्यहाँबाट गए । ग्रेट ह्वाइट शार्क हाम्रो डुङ्गामा आफ्नो पिठ्युँ कन्याउन थाल्यो ।’

‘त्यो एक निकै सुन्दर र कोमल विशाल शार्क थियो । बेलुका भएपछि हामी बाहिर निस्कियौं । त्यसपछि ऊ हामीसँग पूरा दिन सँगै रह्यो ।’

रेमजीका अनुसार उक्त शार्कको शरिर निकै चौडा भएको थियो सायद त्यो गर्भवती थियो । डीप ब्लूको उमेर ५० वर्ष थियो र उसको ट्वीटर अकाउन्टसमेत भएको बताइन्छ ।

ग्रेट ह्वाइट शार्क चिसो पानीमा बस्न मन पराउने भएकाले ओहआहूमा यसलाई निकै कम देखिन्छ ।

रेमजीका अनुसार धेरै वर्ष भएको र गर्भवती ह्वाइट शार्क नजिक जानु त्यति खतरनाक हुँदैन तर शार्कले केही खाइरहेको ठाउँमा जान भने बच्नुपर्छ ।

रेमजीको भनाई उद्धृत गर्दै  स्थानीय होनोलुलु स्टार एडभरटाइजरले बताए अनुसार केही अचम्मको लागे र गल्तीपूर्वक आफ्नो शिकार सम्झिए मात्र शार्कले मानिसहरुलाई हामला गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप