रक्सी पिउने मानिसहरुलाई मधुमेहको खतरा कम
लण्डन – हप्तामा तीनदेखि चार पटक सिमित मात्रामा रक्सीजन्य पदार्थको सेवन गर्नेहरुलाई मधुमेहको खतरा केही हदसम्म कम हुने एक अध्ययनले दाबी गरेको छ ।
यद्यपी, अध्ययनका अनुसार आवश्यकताभन्दा बढि रक्सीजन्य पदार्थको सेवन गर्नेहरुलाई मधुमेहको खतरा नपिउने मानिस जत्तिकै वा त्योभन्दा बढि हुने गर्दछ ।
डेनमार्कको एक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले रक्सीजन्य पदार्थको सेवनले मधुमेहमा हुने प्रभावको अनुसन्धान गर्यो र त्यसको तुलना अन्य विश्ष्टि पेय पदार्थसँग पनि गर्यो । यो डाटा १८ वा त्योभन्दा बढि आयु भएका करिब ७० हजार ५ सय ५१ डेनिश नागरिककको एक आत्म–प्रतिवेदन प्रश्नावलीसहित उनीहरुको जीवनशैली र स्वास्थ्यसम्बन्धि पदार्थमाथि आधारित छ । यसमा वैज्ञानिकले रक्सीजन्य पेय पदार्थको सेवन नगर्नेहरुको तुलनामा हरेक हप्ता १४ पेग पिउनेहरुमा मधुमेहको खतरा ४३ प्रतिशत कम हुने गर्दछ । यस्तै, महिलामा यो खतरा ५८ प्रतिशतसम्म कम हुने गर्दछ ।
यो डाटा अनुसार हप्तामा तीन–चारदिन सिमित मात्रामा रक्सीजन्य पदार्थको सेवन गर्दा मधुमेहको खतरा पुरुषमा २७ प्रतिशत र महिलामा ३२ प्रतिशतसम्म कम हुन्छ । हरेक हप्ता वाइनको ७ वा त्योभन्दा बढि पेग पिउने पुरुष र महिलालाई, हरेक हप्ता वाइनको एक पेग पिउनेहरुको तुलनामा, मधुमेह हुने खतरा २५ देखि ३० प्रतिशतसम्म कम हुन्छ । यस्तै, हरेक हप्ता १ देखि ६ वटा बियर पिउँदा मधुमेहको खतरा पुरुषमा २१ प्रतिशतसम्म कम हुन्छ भने यसको महिलामा कुनै पनि असर पर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद