शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकै सवैभन्दा वृद्ध मासानो नोनाकाको ११३ बर्षको उमेरमा निधन

आइतबार, ०६ माघ २०७५, २१ : ३१
आइतबार, ०६ माघ २०७५

टोकियो । विश्वका सवैभन्दा वृद्ध मानिस मासानो नोनाकाको आइतबार निधन भएको छ । 

विमानको आविस्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई बर्ष पछि जन्मेका नोनाकाको ११३ बर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

गिनिज वल्र्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो । 

गत बर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो । 

‘हामीलाई विश्व प्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ । उहाँ शनिबारसम्म सामान्य जीवन विताइरहेका थिए । परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गरेका छन्,’ उनकी नातिनी युकोलाई उद्धृत गर्दै क्योदो समाचार समितिले जनाएको छ । 

भाइ र एक बहीनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गरेका थिए । कालान्तरमा उनी पाँच सन्तानका बाबु बनेका थिए । 

उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए । उनकोे जीवनको उत्तराद्र्धमा टेलिभिजनमा कुश्ती हेर्ने र मिठाइ खाने सोख रहेको पारिवारिक स्रोतले बताएको छ । 

सामान्यतया जापानीहरूको दीर्घ जीवन हुने गर्दछ । विश्वका धेरै बर्षसम्म बाँच्ने मानिसहरूको सूचीमा कैयौँ जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ । 

जापानी नागरिक जिरोमी किमुरा, जसलाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ, को ११६ बर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो । 

प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १२२ बर्षको उमेरमा निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप