शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता

आइतबार, ०६ माघ २०७५, १८ : ५९
आइतबार, ०६ माघ २०७५

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम अब एक्सिस बैंक लिमिटेड मार्फत भारत बाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेका ८१ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । 

बैंकले यस अघि कतारको दोहा बैंक, यू.के को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,  यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस,  अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्ज संग सम्झौता गरी ती विप्रे्रषण कम्पनीहरु बाट बैंकिङ्ग प्रणालि मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ ।

यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरु संग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि. एम. इ. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट, ओभरसिज रेमिट, सिजि मनि र मुक्तिनाथ रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

यसका साथै बंैकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेका विभिन्न विप्रेषण कम्पनी संग सम्झौता गरी विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप