दुई महिलाको हत्या : कारण अवैध सम्वन्धकै
बुटवल । पछिल्लो दुई दिनमा प्रदेश ५ र प्रदेश ६ का दुई बेग्लाबेग्लै जिल्लामा दुई महिलाको हत्या भएको छ । दुवैको हत्या उनीहरुकै श्रीमानले गरेका हुन् । कारण पनि एउटै छ – अवैध सम्बन्धको आशंका ।
कैलालीको जानकी गाउँपालिका–७, गौलारीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको आइतबार बिहान करिब ५ बजेको समयमा टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरेलगत्तै प्रेमलालले झुण्डिएर आत्माहत्याको प्रयास गरेका थिए । तर, उनी झुण्डिएर छट्पटाइरहेको अवस्थामा प्रहरीले डोरी काटेर बचाउने प्रयास गरेपनि अस्पतालमा पुर्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।
यता नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला थरुनी चौधरीलाई श्रीमान सुनिल चौधरीले हत्या गरेर फालेको अवस्थामा कमलाको शव हिजो शनिवार चिसापानी जंगलमा फेला परेको छ ।
श्रीमतीले अर्कैसँग अवैध सम्बन्ध राख्दै आएको आशंकामा आफूले श्रीमतीको घाँटी निमोठेर हत्या गरेको स्वंयमले बताएको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
र..यो पनि
श्रीमतीको हत्यापछि कैलालीमा युवकले गरे आत्महत्या
परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या, हत्यापछि आफ्नो प्रेमिकालाई एसएमएस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु