शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टाटाको योङ्गेस्ट भेइकल एनआरजी अव धनगडीमा पनि

आइतबार, ०६ माघ २०७५, १८ : ११
आइतबार, ०६ माघ २०७५

धनगडी– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी रावत कन्सर्न मार्फत धनगडीमा सार्वजनिक गरेको छ।

धनगडी–टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी रावत कन्सर्न मार्फत धनगडीमा सार्वजनिक गरेको छ ।

ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिदैं टाटा मोटर्सले एसयूभीबाट प्रेरित सवारी साधन शुरू गरेको हो जसलाई नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट यूटिलिटी भेइकल (सीयुभी) को रूपमा राखिएको छ ।

यसको स्तरीय डिजाइन र प्रविधीका कारण टाटा एनआरजीको सफल भेइकल भएको कम्पनीको दावी छ । १/२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

यो तीनवटा आकर्षक रंगहरु मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेलमा उपलब्ध हुनेछ । आजबाट विक्री शुरू भएको टाटा एनआरजी धनगडीको शोरूममा पेट्रोल संस्करण २९।५५ लाखको शुरूवाती मूल्यमा उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप