शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१६ जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने सरकारको योजना

आइतबार, ०६ माघ २०७५, १८ : ०८
आइतबार, ०६ माघ २०७५

काठमाडौं । सरकारले दूर्गम भेगका १६ वटा जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले डडेलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, इलाम, पाँचथरलगायतका १६ वटा दुर्गम जिल्लाहरुमा पनि डायलाईसिस सेवा विस्तार गर्ने योजना अघि सारेका हुन् । 

आइतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले देशका सबै भागमा सो सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । 

सरकारले निःशुल्क ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ संचालन गरिरहेको छ । सोही कार्यक्रम अन्तरगत चालू आर्थिक वर्षभित्रै दूर्गमका १६ वटा जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने योजना रहेको राज्यमन्त्री यादवको भनाई छ ।

राज्यमन्त्री यादवले सो सेवालाई विस्तार गर्न अर्थ मन्त्रालयसँग थप १ अर्ब २५ करोड माग गरिएको पनि स्पष्ट पारे । सरकारले चालू आर्थिक वर्षका लागि सो कार्यक्रमका लागि १ अर्ब १० करोड २३ लाख बजेट बिनियोजन गरेको थियो । 

त्यसमध्ये अब बाँकी ६ करोडमात्रै रहेको पनि राज्यमन्त्री यादवले बताए । राज्यमन्त्री यादवले पर्याप्त बजेट र जनशक्तिको अभावमा पनि सो कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको पनि समितिलाई जानकारी गराए ।

बैठकमा समितिका सदस्यहरुले विरामीको चापलाई हेरेर डायलाइसिस मेशिनको उचित व्यवस्था गर्न नसकेकोभन्दै सरकारको चर्को आलोचना गरेका थिए । 

समितिका सदस्य एवम् पूर्वस्वास्थ्मन्त्री खगराज अधिकारीले डायलाईसिस रोगीहरुको उपचारका लागि आवश्यक्ताको आधारमा सबै प्रदेशहरुमा समान ढंगले मेसिन र जनशक्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरे । 

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले विरामीको चापलाई हेरेर डायलाईसिस मेसिन र जनशक्तिको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराए । उनले निशुल्क रुपमा स्वास्थ्य सेवा पु¥याउने सरकारको कार्यक्रम प्रभावकारी हुन नसकेकोभन्दै सरकारको आलोचना पनि गरे । 

सरकारले जटिल प्रकारका मुटु, मृर्गौैला, क्यान्सर, अल्जाईमर्स, स्पाइनल इन्ज्यूरी, हेड इन्ज्यूरी, पार्किन्सस र सिकलसेलए एनिमियाका गरिब समूदायका बिरामीहरुका लागि निःशुल्क नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ । 

राज्यमन्त्री यादवले सो कार्यक्रममा लागि पनि बजेट तथा जनशक्तिको अभाव रहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप