हिन्दु धर्म ग्रन्थमाथि प्रहार : श्रीस्वस्थानीको किताबमा क्रिश्चियन धर्मप्रचार (फोटो/भिडियो)
काठमाडौं – श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएको पाइएको छ ।
यस्तो पनि हुन सक्छ र ? तपाईँलाई विश्वास नलाग्ला तर तपाईँले वर्षौँ अघिदेखि पढ्दै आएको हिन्दु धर्मावलीको एक ग्रन्थ श्रीस्वस्थानी ब्रतकथाको पुस्तकमा खुलेआम जिजस क्राइष्टको महिनागान प्रकाशित गरिएको तथ्य फेला परेको हो ।
यस्तो पाइएपछि काठमाडौंका पुस्तक विक्रेता र हिन्दूधर्मप्रति आस्था राख्नेहरु अचम्मित बनेका छन् ।
माघ ७ गते सोमबारदेखि १ महिनासम्म घर–घरमा हिन्दु धर्मग्रन्थ श्रीस्वस्थानी ब्रत कथा वाचन हुँदैछ । तर अहिले एउटा प्रकाशन गृहले निकालेको किताबमा खुलेआम क्रिश्चियन धर्म प्रचार गरेको छ ।
बाबु माधवप्रसाद शर्मा दूधविनायक वराणसीबाट प्रकाशित स्वास्थानी ब्रतकथाको अन्त्यमा जिसस क्राइस्ट सम्बन्धी सामग्री प्रकाशन भएको छ । अरु जे भएपनि जिसस क्राइस्ट नै महान हुन भन्ने सन्देश राखिएको छ ।
विगतदेखि नै सर्वाधिक बिक्री हुने गरेको सो प्रकाशनको स्वस्थानी ब्रतकथाको किताबमा यस वर्षदेखि क्रिश्चियन धर्म सम्बन्धी सामग्री राखिएको हो । मूल्य सस्तो राखिएका कारण उक्त प्रकाशनले बजारमा ल्याएको पुस्तक अत्याधिक खपत हुने गरेको थियो ।
पुस्तकको अन्तिम पृष्ठमा विशेष टिप्पणी अन्तर्गत शुरुमै भनिएको छ– ‘कर्मफल, वाञ्छा अथवा इच्छाप्राप्ति र प्रभुको लीला एवं करुवा बुझाउन र संशयनाशको निम्ति हाम्रा धर्म ग्रन्थादीमा अनेकौं कथानक पाइन्छन् तर धर्मको सार्वभौमिकता दर्शाउने विविधता पनि रहोस् भनि अहिलेको युगमा प्रधानता पाएको इसाई मतको एउटा मर्मभेदी कथाको उद्धरण यहाँ दिइन्छ ।’
इसाईसम्बन्धी कथामा जिसस क्राइस्टलाई सुलीमा चढाएको र उनले सबैलाई प्रेम र कल्याण गरेको भनिएको छ ।
पुस्तकमा भनिएको छ– ‘केही पर लगि त्यहाँ रहेका तीन पहाडमध्ये उच्चतम पहाडमा त्यो सुली गाडियो र त्यस बन्दीको शरीरमा ठूलाठूला काँटी ठोकी त्यसैद्वारा त्यस सूलीमा टाँगियो । यस भयानक र हृदयविदारक घटनामा पनि त्यस अलौकिक युवाद्धारा आफ्ना प्रताडकहरुमाथि दर्शाइएको प्रेम र उनीहरुको कल्याणको लागि गरिएको प्रार्थना सुनी त्यो वृक्षको आत्म कृत्य–कृत्य भयो र प्रभुको लिलालाई नमस्कार ग¥यो । आज त्यही सुली वा सलिबको प्रतिरुप विश्वको ठूलो समुदायद्धारा उच्चस्थानमा राखी पूजित गरिन्छ ।’
पुस्तकको अन्तिम पेज २ सय ६७ र २ सय ६८ मा एउटा कथानक शीर्षक दिएर विशेष टिप्पणीमा भनिएको छ, ‘अल्पमति र अल्पदृष्टिवान मनुष्यहरुले भनेजस्तो गरी इच्छपूर्ति नगराएर प्रेयभन्दा श्रेयलाई प्रधानता दिई सर्वाधिक कल्याण गर्ने क्रमबाट नै सर्वसामथ्र्यवान परमपिता परमेश्वरले कार्य गर्नु हुन्छ ।’
पुस्तक बिक्रेताले पाना च्यातेर बिक्री थाले
भोटाहिटीका धार्मिक पुस्तक पसल गुरु पुस्तक पसल चलाइरहेका सुरेश ठाकुरले बाबु माधवप्रसाद शर्माको स्वस्थानी पुस्तक अघिल्लो वर्षदेखि नै बिक्री नगरेको बताए । उनले सो पुस्तकमा गत वर्ष नै स्तोत्र पाठ नै काँटछाँट गरी बिगारेर छापेको पाइएपछि आफूले बिक्री नगरेको बताए । उनले यसबर्ष पुस्तकको अन्तिमका क्रिश्चियन धर्म प्रचारको सामग्री राखिएको सुनेपछि पुस्तक नै नल्याएको बताए ।
भिडियो :
यता सो पुस्तकको आधिकारिक बिक्रेता समेत रहेको एमके बुक पब्लिकेशन भोटाहिटीका सञ्चालक पनि स्वस्थानीको किताबमा क्रिश्चियन धर्म प्रचार गरेको विषयले आश्र्चय चकित भएको बताउँछन् ।
पुस्तक पसल सञ्चालक कनैयाँ शर्माले पूरानो संस्करणमा त्यस्तो नभएपनि पुस्तक खरिद गरेकाहरुले फिर्ता गर्न आएपछि थाहा पाएको बताए ।
अहिले क्रिश्चियन धर्म प्रचार भएको पृष्ठ च्यातेर बिक्री गरिरहेको उनले बताए । उनले यसबारे पुस्तक बिक्रिमा समस्या आउने भएपछि प्रकाशकलाई फोन गर्दा उक्त पाना च्यातेर बिक्री गर्न भनेको जानकारी दिए ।
अहिले सो प्रकाशन गृहले ५ सय हाराहारी पुस्तकको अन्तिम पाना च्यातेर बजारमा बिक्रीका लागि पठाइरहेको छ ।
कुरानमा त्यसो गरियो भने कस्तो स्थिति होला ? देवप्रकाश त्रिपाठी, वरिष्ठ पत्रकार
यसलाई पुस्तक विक्रेता तथा हिन्दू धर्मवलम्बीहरुले हिन्दू धर्मको ग्रन्थमाथिको अतिक्रमणको रुपमा बुझेका छन् । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी कुनै पनि धर्मग्रन्थमा गलत कुराहरु मिसाउनु निन्दाको विषय भएको बताउँछन् ।
त्रिपाठी भन्छन्– ‘सबैभन्दा पहिलो कुरा कुनैपनि धर्मशास्त्रलाई बङ्ग्याउने गलत ढंगले चित्रण गर्ने काम आफैँमा महापाप हो ।’
‘यदि कुरानमा कसैले गलत कुराहरु समावेश गरिदियो भने त्यसले कस्ता स्थिति उत्पन्न गर्ला ? वाइवलमा शिवजीको महिमागान प्रस्तुत भएको पृष्ठ थपियो भने पादरीहरुले के भन्लान् ? यसरी नेपालीहरुको संयमको फाइदा इसाई धर्मावलम्बीका नाममा जिविका चलाउँदै आएकाहरुले ज्यादती गर्दै आएका छन् ’, उनले भने ।
उनले थपे, ‘यो जतिसुकै निन्दा गरेपनि कम हुने विषय हो । तर एउटा स्मरण गर्नुपर्ने पक्ष के देखियो भने हिन्दु सनातन धर्म र परम्परामाथि यसरी विभिन्न कुनाबाट आक्रमण हुँदा पनि नेपालीहरु मौन रहने, राज्यपनि मौन रहने सम्भवत संसारमा कहिँ पनि नहुने घटना नेपालमा भइरहेको छ । राज्य र जनता दुवैको निरिहता देखेर म विष्मित छु ।’
मुलुकमा यदी सरकार छ भने यसको छपाई गर्नेहरु र गराउनेहरु सबैलाई कानुनी दायरामा ल्याएर कारवाहीको तत्परता लिनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?