शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आई एम विथ विजय थापा’ भन्दै टिचिङ अगाडी प्रदर्शन (फोटोफिचर)

आइतबार, ०६ माघ २०७५, १५ : ०९
आइतबार, ०६ माघ २०७५

काठमाडौँ । स्वतन्त्र सचेत युवा विद्यार्थीले आज अनशनरत विजय थापाको पक्षमा प्रदर्शन गरेका छन् । 

उनीहरुले दिउँसो शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थापाको पक्षमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले थापालाई उपचारमा सहयोग नगरेको, सरकारी तलबभत्ता, सेवा सुविधा लिएर सरकारविरुद्ध बारम्बार अनशन बस्ने डा गोविन्द केसीलाई बर्खास्तीको माग गर्दै प्रदर्शन गरेका छन्। 

डा केसीका विरुद्धमा अनशन बसेका थापाको स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ ल्याइएको हो । 

अहिले डा केसीसँगै थापाको पनि उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

डा केसीले चिकित्सा शिक्षा सुधारको माग राखी इलाममा १६औँ पटक अनशन बसेपछि थापा पनि उनको विरुद्ध अनशन बसेका थिए । 

यस्ता छन् अनसनरत थापाको मागहरु 
१. हालै संसदबाट पारित हुन लागेको राष्ट्रघाती, जनविरोधी चिकित्सा विधेयक कुनै पनि हालतमा मान्य हुने छैन् खारेज गर ।

२.  नेपालमा एमडी तथा पि.जि कक्षाको कोटा कम्तीमा १५ सय पु¥याउने व्यवस्था तत्काल गर ।

३. काठमाडौँ उपत्यका बाहिर देशभरी नै मेडिकल कलेज खोल्ने वातावरण तत्काल निर्माण गर ।

४. बङ्गलादेशमा अध्यनरत नेपाली डाक्टर कालोसूचीमा परेका कलेजहरुबाट ठगिएका छन् । तिनको ब्यवस्थापनका निम्ति तुरुन्त पहल गर । 

५. बंगलादेशबाट डाक्टर पढेर फर्किने क्रममा त्रिभुवन बिमानस्थलमा जहाज दुर्घटनामा मृत्यु भएका १८ जना डाक्टरहरुको पिडित परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर ।

६. प्लस टु माथीको उच्च शिक्षा नेपालमै अध्ययन गर्ने वातावरणको ब्यवस्था गरि शिक्षा र स्वास्थ्य अध्ययनका नाममा वर्षेनी ७० अर्ब रुपैयाँ बिदेशीने गरिएको रकमलाई तुरुन्त रोक्ने वातावरण निर्माण गर । 

७. श्रम तथा रोगजारका नाममा खाडी मुलुकमा आफ्नो रगत पसिना बेच्न बाध्य दाजुभाइ दिदी बहिनीहरुको निम्ति स—सम्मान ढंगले स्वदेश फर्काएर नेपालमा नै स्वरोजगारको बनाई आत्मसम्मान पूर्ण तवरमा आत्मनिर्भर बनाउने वातावरण तुरुन्त निर्माण गर ।

८. सरकारी तलब भत्ता सेवा सुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरुलाई तत्काल सरकारी सेवाबाट बरखास्त गरी कडा भन्दा कडा कारवाही गर ।

 ९ सरकार नभेटिए केही छैन, न्याय भेटिनुप¥यो । (बलत्कारीलाई फाँसी दिइयोस्) 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप