शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूयोर्कमा दशौं हजार महिलाको प्रदर्शन

आइतबार, ०६ माघ २०७५, १३ : २४
आइतबार, ०६ माघ २०७५

न्यूयोर्क– चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् ।  महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको समाचारमा जनाइएको छ । वार्षिक देशव्यापी कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् । 

प्रदर्शन गर्नुपूर्व उनीहरु स्थानीय समयानुसार बिहान ११ बजेको आसपासमा म्यानह्याटनको पश्चिमतर्फ भेला भएका थिए ।  प्रदर्शनमा सहभागी हजारौँले आफैँ बनाएका फरक-फरक पोस्टर तथा ब्यानरहरु प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए । 

उनीहरुले व्यानर, पोष्टर र नारामा लैङ्गिकतासम्बन्धी र मुलुकमा भइरहेको अन्याय सम्बन्धी विषयलाई उठाएका थिए ।  ‘महिलाहरुको नयाँ अवस्था र भविष्यका लागि म प्रदर्शनमा सहभागी भएको हुँ,’ १७ वर्षीया इमिली बाल्टरले भनिन् । 

स्थानीय जेनिफर एडिसनले पनि महिला अधिकारका लागि आफूहरु सङ्घर्षमा रहेको बताइन् । म्यानह्याटनबाट सुरु भएको प्रदर्शनमा एक हजार पाँच सय सहभागी भएका थिए । 

सन् २०१७ को जनवरीमा पहिलो महिला ¥याली आयोजना गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोह भइरहेका बेला दबाब दिनका लागि त्यतिबेला पहिलो पटक महिलाहरुले र्यालीको आयोजना गरेका थिए । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप