सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको अवैध काठ बरामद
आइतबार, ०६ माघ २०७५, ११ : ०३
रौतहट–रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले दुई राँगा र टायरगाढा सहित लाखौं मूल्य पर्ने अवैध सालको काठ बरामद गरेको छ ।
फतुुआ बिजयपुुर नगरपालिका ११ भैंसही नजिकको जंगलमा सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान चार बजे टायर गाढामा लोड गरिराखेको अवस्थामा ५० क्युविफिट अवैध सालको काठ बरामद गरेको हो ।
जंगलबाट अवैधरुपमा काठ कटान गरी लगिरहेको भन्ने सुूचनाको आधारमा सशस्त्र बेस बिजयपुरका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिष्णु अधिकारीको नेतृत्वमा गएको गस्ती टोलीको गाडीको प्रकाश हेरेर तस्करहरु भाग्न सफल भएपनि राँगा र टायरगाढा सहितको काठ बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी कृष्ण ढकालले बताए ।
टायरगाडा सहितको तीन लाख मूल्य बराबराको काठ पुुष्पलाल बन उपभोक्ता समितीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बेस क्याम्प बिजयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा