शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘म नपुंसक हुँ तर मेरा तीन सन्तान छन्’

आइतबार, ०६ माघ २०७५, ०९ : ३७
आइतबार, ०६ माघ २०७५

बीबीसी

यो कहानी ब्रिटेनमा बस्ने एक यस्ता व्यक्तिको हो जो एक सफल व्यवसायी हुन् । उनी तीन सन्तानका पिता हुन् जसमध्ये दुई जुम्ल्याहा छोराको उमेर १९ वर्ष छ भने ठूलो छोराको उमेर २३ वर्षको छ ।

तर सन् २०१६ मा उपचारको क्रममा यी व्यक्तिलाई थाहा भयो कि उनी एउटा यस्तो रोगबाट ग्रसित छन् जसका कारण उनी कहिले पनि बुवा बन्न सक्दैनथे ।

यो कुरा सुन्दा अचम्म लाग्न सक्छ ।

सन् २०१६ मा जब रिचर्ड मैसनलाई आफ्नो यो रोगबारे पत्ता लाग्यो तब उनलाई निकै अचम्म लाग्यो ।

त्यसपछि उनले डाक्टरलाई पुनः एकपटक परीक्षण गरिदिन आग्रह गरे ।

आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्टको नतिजाले रिचर्डको जीवन सधैंका लागि परिवर्तन गरिदियो । उनले आफ्नी श्रीमतीमाथि मुद्दा दर्ता गराएपछि उनकी श्रीमतीलाई साढे दुई लाख पाउण्ड दिन आदेश दिइएको छ तर यो कानूनी मामलामा उनीहरुलाई यी बच्चाहरुको वास्तविक पिताको पहिचान लुकाउने छुट दिइएको छ ।

तर मेसनका लागि यो कति दुःखदायी थियो, जान्नुहोस्, उनकै शब्दमा ।

म उभिएको जमिन भास्सिएझैं भयोः

जब मैले आफ्नो स्वास्थ्य परीक्षणपछि आएकोे रिपोर्टमा लेखिएका कुरा पढेँ तब मलाई आफू उभिएको जमिन भास्स्एिझैं लाग्यो ।

जो पुरुष ‘सिस्टिक फिब्रोसिस’ बाट पीडित हुन्छन्, उनीहरु कहिले पनि बुवा बन्न सक्दैनन् ।

श्रीमतीसँग आमने–सामनेः

यदि कम शब्दमा भन्ने हो भने त्यसपछि मैले आफ्नी श्रीमतीसँग कुरा गर्नुथियो ।

लामो समयसम्म डाक्टरले भनेको कुरा कानमा गुञ्जिरह्यो । यो कुराले मलाई ठूलै धक्का दियो । आखिर के भयो, मैले के गरेँ भन्ने बुझिरहेको थिइनँ ।

मेरो दिमागमा एउटा कुरा मात्रै चलिरहेको थियो, ‘आखिर मेरा तीन बच्चाका बुवा को हुन् ?’

यस्तो कुराको सामना गरेपछि तपाईंले कुनै पनि कुरामा विश्वास गर्न सक्नुहुन्नँ ।

मैले कुनै पनि हालतमा मेरा छोराहरुका वास्तविक पिताबारे पत्ता लगाएर उसलाई भेट्नेबारे सोच्न थालें ।

कतै मेरा साथीहरु नै यी बच्चाका पिता होइनन् वा मेरा नजिकका आफन्त पनि मेरा छोराहरुका बुवा हुनसक्लान् भन्ने कुरा दिमागमा घुम्न थाल्यो ।

केही नसुल्झिएका प्रश्नः

म जान्न चाहन्थेँ कि म आफ्ना बच्चाहरुसँग रग्बी वा फुटबल खेलिरहेका बेला ती व्यक्ति पनि उपस्थिती हुन्थे ?

के ती व्यक्ति कहिले मेरा बच्चाहरुको ‘पेरेन्ट्स, टिचर’ मिटिङमा उपस्थित थिए ?

मलाई साँच्चै थाहा छैन कि आखिर ती व्यक्ति को हुन् ?

तपाईंलाई थाहा छ ? यदि तपाईंको जीवनमा यस्तो कुनै रहस्य पैदा भए यसले तपाईंको जीवनलाई निकै प्रभावित पारेको हुन्छ ।

स्वभाविक हो कि हरेक व्यक्ति यस्तो जानकारी राख्न चाहन्छ ।

बीबीसीले यसबारे उनकी श्रीमतीसँग कुरा गर्ने कोसिस गरे तर उनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप