बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मनको किनारा’ मुक्तकसङ्ग्रह विमोचन

आइतबार, ०६ माघ २०७५, ०९ : ३१
आइतबार, ०६ माघ २०७५

काठमाडौं – गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह ‘मनको किनारा’ बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै ज्ञानुवाकर पौडेले ज्यादै व्यस्त गृहिणी भएर पनि मुक्तक र गीत सृजनाप्रति बिमलाको सहभागिता लोभ लाग्दो रहेको बताए । उनले भने, 'साहित्यिक कार्यक्रममा उनले देखाएको सक्रियता र उत्साह आम–नारीका लागि अनुसरण हुने बताउँदै मनको किनाराले मुक्तकमार्फत अधिकांश नारीले भोग्दै आएको जीवन र आफूले देखेको समाजलाई उजागर गर्ने प्रयास मार्मिक छ ।'

समालोचक युवराज मैनालीले बिमलाका मुक्तकमा फरक स्वाद पाइने बताउँदै मुक्तकमा विविधता रहेको बताए । उनले भने, 'मनको किनारामा देश प्रेम छ, सामाजिक विकृतीमाथि ब्यङ्ग्य छ, नारीका पीडा, विद्रोह र समाजप्रति खबरदारी छ ।'

गजलकार रुद्र अधिकारीले गजल र मुक्तक लखनको बाढी आएको समयमा पनि बिमलाका मुक्तक स्तरीय र परिपक्क रहेका बताउँदै मनको किनारा वर्तमान नेपाली मुक्तक लेखनको एउटा गतिलो कृति रहेको बताए । कृति लोकार्पणमा खेम बन्धु कोइराला, सरस्वती गौतम बिमलाको लेखन लोभलाग्दो रहेको बताएका थिए । 

नोवेल साकोस साहित्य प्रतिष्ठानले बजारमा ल्याएको मुक्तक सङ्ग्रहमा सामाजिक विकृति, मायाप्रेम, देशकोप्रतिको चिन्ता लगायत विषयका एक सय ९० मुक्तक सङ्ग्रहित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप