शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसारको सबैभन्दा सुन्दर कुकुरको ‘मन दुखेका’ कारण मृत्यु

आइतबार, ०६ माघ २०७५, ०८ : ५६
आइतबार, ०६ माघ २०७५

बीबीसी

सोसल मिडियाका स्टार १२ वर्षीय पमेरियन कुकुर बूको मृत्यु भएको छ ।

कुकुरका मालिकका अनुसार सन् २०१७ मा आफ्नो सबैभन्दा प्यारो साथी ‘बडी’ को मृत्युपछि उसलाई मुटुसम्बन्धि समस्या देखिन थालेको थियो ।

बूको आधिकारिक फेसबुक पेजमा उनले लेखे, ‘हामीलाई लाग्छ कि जब बडीले हामीलाई छोड्यो तब बूलको मन साँच्चै दुखेको थियो ।’

फेसबुकमा बूका डेढ करोड बढी फलोअर्स छन् । उसलाई धेरैपटक टिभीमा पनि देखियो र उसको नाममा एउटा किताब पनि लेखियो –बू – द लाइफ अफ वर्ल्र्डस् क्यूटेस्ट डग ।

बू र उसको सबैभन्दा प्रिय साथी बडी ११ वर्षसम्म सँगै रे । बडीको सेप्टेम्बर २०१७ मा १४ वर्षको उमेरमा मृत्यु भयो ।

बूका मालिकका अनुसार उनको मृत्यु शनिबार राती सुतिरहेका बेला भएको हो ।

बूको मृत्युले उनका मालिकलाई मात्रै नभई उनको प्रशंसकको पनि मन दुखेको छ ।

उनका प्रशंसकहरुले लेखेका छन्, ‘तर अब बूले पीडा वा समस्यामा बस्नु पर्नेछैन भन्ने कुरा थाहा पाउँदा हामीलाई आराम मिलेको छ ।’

‘हामीलाई थाहा छ सप्तरंगी पूल पारी उसले सबैभन्दा पहिले बडीलाई भेट्नेछन् र उनीहरु लामो समयपछि एक–अर्कालाई भेटेर निकै खुसी हुनेछन् ।’

उनले लेखे, ‘बू, हामी तिमीलाई मनदेखि नै प्रेम गर्छौं र जबसम्म हामी दोस्रोपटक भेट्दैनौं तबसम्म हामीलाई तिम्रो कमी महसुस हुनेछ । बडीसँग निकै मस्ती गर्नु र जहाँ पनि बस्छौ निकै रमाइलो गरेर बस ।’

आफ्नो बारे किताब सार्वजनिक गर्नुबाहेक बूले थुप्रै सेलिब्रिटीलाई भेट्यो, एक अमेरिकी एयरलाइनका एम्बेसेडर रहे र विभिन्न अमेरिकी टेलिभिजन शो पनि देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप