आर्सनल र युनाइटेडको सानदार जित
एनेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेका छन् । शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–० गोलले हरायो । लन्डनडर्बीमा अब्बल देखिएको आर्सनलले चेल्सीमाथि सनसनीपूर्ण प्रदर्शन गरेको थियो । अर्को खेलमा युनाइटेडले ब्राइटनलाई २–१ गोलले पराजित गर्यो । लयमा देखिएको युनाइटेडको लिगका पछिल्ला खेलमा यो लगातार छैटौं जित हो ।
आर्सनलको जितमा एलेक्सआन्द्रे लाकाजेट्टीले १४ औं मिनेटमा खाता खोले । दोस्रो गोल ३९ औं मिनेटमा लाउरेन्ट कोसिल्नीले गरेका थिए । यस जितसँगै पाँचौं स्थानमा रहेको आर्सनलले ४४ अंक बनाएको छ । ४७ अंक बनाएको चेल्सी चौथोँ स्थानमा छ ।
यसैगरी युनाइटेडको घरेलु मैदानमा टोलीलाई जिताउन पउल पोग्बा र मार्कस रासफोर्डले गोल गरेका थिए । पोग्वाले २७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । मार्कसले ४२ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । ब्राइटनका पास्कल ग्रोसले ७२ औं मिनेटमा सान्त्वना गोल फर्काए । जितसँगै ४४ अंक बनाएको युनाइटेड छैटौं स्थानमा छ । २६ अंक बनाएको ब्राइटन १३ औं स्थानमा छ ।
शनिबार राति नै भएको लिगका अन्य खेलमा साउथह्यामटनले एभर्टनलाई २–१, न्युक्यासल युनाइटेडले कार्डिफ सिटीलाई ३–०, बर्नमाउथले वेस्टहाम युनाइटेडलाई २–० र वल्भरह्यामटन वान्डर्सले लेस्टर सिटीलाई ४–३ गोलले हरायो । वाटफोर्ड र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा