बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आज आइतबार यी राशिका लागि छ शुभ, हेर्नुस् राशिफल

आइतबार, ०६ माघ २०७५, ०६ : २०
आइतबार, ०६ माघ २०७५

वि.सं.२०७५ साल माघ ०६ गते । आईतबार । ईश्वी सन् २०१९ जनवरी २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि चतुर्दशी,१६ घडी ४५ पला,दिउँसो ०१ बजेर ३९ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र आद्रा, ०१ घडी २२ पला,बिहान ०७ बजेर ३० मिनेट उप्रान्त पूनर्वसु । योग वैधृति,१९ घडि ४५ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त विष्कुम्भ । करण वणिज,दिउँसो ०१ बजेर ३९ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर ३६ मिनेट उप्रान्त वव । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि मिथुन,रातको १२ बजेर २७ मिनेट उप्रान्त कर्कट । पूर्णिमा व्रत। 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २६ घडी ३० पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला गन्तब्य पहिल्याउन मुस्किल पर्नेछ । माया प्रेममा नजिक हुदा अबिश्वास बढ्ने हुनाले आजको दिन टाडै रहनु उचित हुनेछ । आफन्त तथा दाजुभाई सँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपाईको पक्षमा रहेको छैन । खेलकुद तथा शाहशिलो क्षेत्रमा पनि तपाईको पक्षमा नतिजा नआउन सक्छ । व्यापार व्यावसायबाट सोचेजस्तो आम्दानि नभएपनि लगानि भने घाटा लाग्ने छैन ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाई लेखाईमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त जन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरिको यात्राको तय हुनेछ ।    

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनितिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मेहनेत गर्नुपर्ला । दिदी,बहिनी बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलन सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानि थोरै हुनेछ भने आज लगानि नगर्नुनै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुँने हुँदा एक्लो पनको महशुष हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु बिच भनाभन हुँने प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँने छैन । बिलाशि सामान प्राप्तिको योग भएपनि तपाई आफ्नै कारणले टरेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुँने निर्णयहरु तपाईको पक्षमा नहुँने हुनालेमुद्दा हारिने सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर जग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुन सक्छ सजक रहनुहोला । बाहिरि बातावरण सँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप