हात्तीले कुल्चिएर महिलाको मृत्यु
सप्तरी । जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ ।
जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार गाउँ पसेका हात्तीले उनको टाउकामा किचेपछि तत्कालै मृत्यु भएको हो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ ।
ट्र्याक्टरले किचेर महिलाको मृत्यु
ट्र्याक्टरले किचेर म्याग्दीको जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ ।
ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका मिलनचोक प्रहरी चौकीले जनाएको छ ।
सडकमा रोकेर राखेको ट्र्याक्टर एक्कासि आफै गुड्दा घरको पेटीमा बसिरहेकी पौडेल र अनिता आचार्यलाई किचेको थियो । आचार्यलाई थप उपचारका लागि पोखरा पठाइएको छ । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको मिलनचोक प्रहरी चौकीका ट्राफिक प्रहरी अनिल कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’