पत्रकार ढकालका हत्यारा पक्राउ
हेटौँडा । पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । अभियुक्तद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।
त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
गत पुस २५ गते ढकाललाई राप्ती पुल नजिकै जङ्गलमा गम्भीर घाइते अवस्थामा भेटाइएको थियो । तत्काल हेटौँडा अस्पताल पु¥याइएका उनलाई अस्पतालले मृत घोषित गरेको थियो । विगत १५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आएका ढकाल रेडियो अनमोलमा कार्यरत थिए ।