शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्सको सर्वाधिक धनी व्यक्तिको निधन

शनिबार, ०५ माघ २०७५, १७ : ०८
शनिबार, ०५ माघ २०७५

मनिला । फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको ९४ बर्षको उमेरमा शनिबार निधन भएको छ । 

चीनबाट बसाई सरेर फिलिपिन्स आएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रुपमा सम्मान गरिन्थ्यो । 

चीनमा उनको घर सिमेन शहरमा थियो । उनले फिलिपिन्समा सपिङ् मल खोलेका थिए । उनको सपिङ् मल विश्वकै ठूला सपिङ् मल अन्तर्गत पर्दछ । 

गत शुक्रबार सम्ममा उनको सम्पत्ति १९ अरब अमेरिकी डलर रहेको जनाइएको छ । यो सम्पत्तिका आधारमा उहाँ गत बर्ष विश्वकै ५२औ धनीमा पर्थे । 

उनी मनिला सन् १९५६ मा पहिलो पटक पुगेका थिए । त्यसपछि उनको व्यापार व्यापक रुपमा फैलियो । काम गर्नका लागि युवा अवस्थामा फिलिपिन्स छिरेका सीले जीवनमा धेरै उतार चढावहरु भोगेका थिए । 

सन् २००६ मा फिलिसिन्सको स्टार पत्रिकालाई दिएको अन्तवार्तामा उनले भने थिए, “हाम्रो स्टोर एकदमै सानो थियो, दोस्रो तला र अगाडी पछाडी भन्ने ठाँउ नै थिएन, एक मात्र कोठा रहेको थियो । हामी अवेर राती काउण्टर बन्द गरेपछि काउन्टरमै सुन्थ्यौँ । ” 

दोस्रो विश्वयुद्ध चलिरहेका बेला आफ्नो पसल पुरै ध्वस्त भएपछि उनका बुबा चीन फर्किएपनि उनले भने फिलिपिन्स नै बसेका थिए । 

उनले मनिला विश्वविद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका थिए । सामान्य जुत्ता पसलबाट सुरु गरेको उनको व्यापार पछि “सुजमार्ट” बनेको छ । 

जव उनले सन् १९८५ मा मनिलामा सुपरमल खोले, तव उनले इतिहास रचे । सर्वाधिक सामानहरु पाईने, सिनेमा हलहरु, रेष्टुरेन्ट, बैंक र अन्य अकर्षक सेवासुविधाहरु पाइने भएपछि उनको नाम चम्किएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप