मुसहर बालबालिकाले पाए न्यानो कपडा
शनिबार, ०५ माघ २०७५, १३ : ५७
काठमाडौं – रौतहटको चन्द्रनिगाहापुर ४ मा रहेका मुसहर वस्तीको २ सय जना बालबालिकाहरुलाई जाडोको न्यायो कपडा वितरण गरिएको छ ।
साझा पहल नेपाल नामक संस्थाले बिहीबार मुसहर बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
संस्थाले विगत ३ वर्षदेखि दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ ।
संस्थाले मनकारी व्यक्तिहरुको सहयोगमा यो वर्ष मात्रै जाडोको समयमा करिब ४ सय जना विभिन्न विद्यालयका दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको साझा पहल अध्यक्ष गीता केसी दर्नालले बताइन् ।
उनका अनुसार मुसहर बालबालिकाअघि काभ्रेको चौरी देउराली गाउँपालिका सुर्योदय प्रावि, इश्वरीदेवी निमावि,कालिकादेवी प्रावि, बालज्योति प्रावि र ढाँडखर्क प्राविका १८५ जना दलित बालबालिकालाई जाडोको कपडा वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ