शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्धाले बान्ता गर्न गुडिरहेको बसको झ्यालबाट टाउको निकालिन्, खम्बामा ठोक्किँदा टाउको छुट्टियो

शनिबार, ०५ माघ २०७५, १३ : १८
शनिबार, ०५ माघ २०७५

यात्राको क्रममा मानिसहरुले थुप्रै पटक यस्ता स–साना गल्ती गर्छन् जसले ठूलो दुर्घटना निम्त्याउँछ । यस्तै एक मामला भारतको मध्य प्रदेशस्थित पन्ना जिल्लामा भएको छ । यहाँकी एक वृद्धाले बस यात्राको क्रममा झ्यालबाट टाउको बाहिर निकाल्नु निकै भयानक साबित भयो ।

ती वृद्धाले सँगै बसेकी महिलासँग दुर्घटना हुनु एकैछिन अघिमात्र सिट परिवर्तन गरेकी थिइन् । उनले बान्ता गर्न गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्ने बित्तिकै उनको टाउको काटिएर बाहिर खस्यो । घटना शुक्रबारको हो ।

कोतवाली पुलिस गानाका इन्स्पेक्टर अरविन्द कुजुरको भनाई उद्धृत गर्दै पीटीआईले दिएको जानकारी अनुसार छतरपुरबाट पन्ना हुँदै सतना जाँदै गरेको सार्वजनिक बसमा छतरपुर जिल्लाकी ५० वर्षीया आशारानी खरे सतना जाँदै थिइन् । पन्नाको साइन्स कलेज अगाडि भएको बिजुलीको खम्बामा ठोक्किएका कारण आशारानीको टाउको काटियो । उनको टाउको सडकमा बजारियो भने शरिर बसको सीटमा रह्यो ।

उनीसँगै बसेकी एक महिलाले घटनाबारे जानकारी दिएकी छिन् । भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले भनिन्, ‘मृतक महिला बीचमा बसेकी थिइन् । आफूलाई बान्ता हुने भन्दै उनले मलाई झ्यालमा बस्न दिन आग्रह गरिन् । मैले उनलाई आफू बसेकोे ठाउँ छोडिदिएँ । उनले बान्ता गर्न टाउको बाहिर निकाल्ने बित्तिकै दुर्घटना भयो । बस, खम्बाको यति नजिकबाट यात्रा गर्यो कि यी दुईबीच केही इन्चको मात्र दुरी थियो । यसैबीच दुर्घटना भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप