बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बसलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु

शनिबार, ०५ माघ २०७५, १३ : ०८
शनिबार, ०५ माघ २०७५

सर्लाही–रोकेर राखिएको बसलाई ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यृ भएको छ ।

शुक्रबार रातीपूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित जंगलखण्डमा रोकी राखेको रात्री बसलाई ट्रकले ठक्कर दिदाँ ३ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

ना. ४ ख ९७५४ नम्बरको रात्री बसलाई ना. ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनमा परी इलाम सुल्बुंग वडा नम्बर ७ बस्ने २७ वर्षीय गोविन्द साउदेन, सुनसरि इटहरी उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ३० वर्षीया विनिता राई र पर्सा वीरगंज उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३५ वर्षीय रहिम मियाँको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बसका यात्रु नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ बस्ने २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नगरपालिकाका २२ वर्षीय दीपक अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । तामाङको खुट्टा भाँच्चिएर बी एण्ड बी ललितपुर, खतिवडाको विर्तामोड र अधिकारीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक ३ जनाको शव भने सर्लाहीको सदरमुकाम मलंगवा स्थित  अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप