शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको मौसमः सपिङको टेन्सन छ ? अपनाउनुस् यी चार टिप्स, निकै सघाउनेछ

शनिबार, ०५ माघ २०७५, १२ : ५८
शनिबार, ०५ माघ २०७५

विवाहको मौसम सुरु भएसँगै बजारमा चहलपहल ह्वात्तै बढेको छ । यस समय खरिद बिक्रिको चाप बजारको भीडभाडले प्रस्टै देखाउँछ । यस्तो मौसममा हामी खुलेर अनलाईन अथवा अफलाईन सपिङ गर्ने गर्छौं ।

विवाहको मौसममा पनि चाडबाडमा झैं अनलाईन तथा अन्य कम्पनीहरुले विभिन्न छुटसँगै अनेकौं अफरहरु दिने गर्छन् । यदि तपाईं पनि कम खर्चमा धेरै सामान खरिदको मज्जा लिन चाहनु हुन्छ भने यहाँ यस्ता तरिकाबारे जानकारी दिइएको छ जसले तपाईंलाई सहज सपिङमा सहयोग गर्नेछ ।

बजेट बनाएर मात्र खर्च गरौं:

विवाहको तयारीमा हुनुहुन्छ भने सबैभन्दा पहिले बजेट तयार पार्नुस् । विवाहको सिजनमा धेरै भन्दा धेरै किनमेल गर्ने र बजेटको कुनै वास्ता नगर्ने धेरैको बानी हुन्छ । जसको परिणाम खाता अनि खल्ती खाली भइरहेको हुन्छ । त्यसैले पहिले बजेट तय गरौं अनि त्यही अनुसार खर्च गरौं ।

जुन सामान सबैभन्दा बढी आवश्यक छ, त्यस्ता सामानको लिस्ट पनि तयार गरौं । निकै महँगा तर नभई नहुने सामानको पनि लिस्ट बनाउनुहोस् । यदि तपाईं आफ्ना परिवारका सदस्यका लागि गिफ्ट किन्न चाहनुहुन्छ भने पनि कसलाई के चाहिएको छ त्यसलाई आधार बनाएर लिस्ट बनाउनुहोस् र बजेट तय गर्नुहोस् ।

विभिन्न फन्डाबाट बचौं:

जोशमा आएर जे राम्रो लाग्यो त्यो किन्नु भन्दा आवश्यक सामानको लिस्ट हेरेर मात्र किन्नुहोस् । लिस्ट बनाएपछि सामान खरिद गर्न सहज हुन्छ । अनेकन फन्डामा भने सचेत हुनुहोस् । धेरै व्यापारीहरुलेसमानको बिक्रि मूल्य सुरुमा अत्यधिक राखिदिने र पछि त्यसैमा डिस्काउन्ट वा स्किम दिएको झैं गरेर ग्राहकलाई झुक्याउने चलन पनि निकै छ । यसबारे सजग हुनुहोस् ।

आजभोली नेपालमा अनलाईन सपिङको फेसन ह्वात्तै बढेको छ । त्यसैले तपाईं विश्वासिलो अनलाईन सपिङ रोज्न सक्नुहुन्छ यसले गर्दा तपाईंको पैसा र समय दुबैको बचत हुन्छ ।

त्यसैगरी, विभिन्न बैंकहरुले सामान खरिदमा क्यास ब्याक अफरहरु पनि दिइरहेका हुन्छन् यस्तोमा अफर भएका ठाउँमा गएर सामान खरिद गर्दा फाइदा मिल्छ ।

फन्ड तयार गर्ने गर्नुस्ः

घर परिवारमा विवाह व्रतबन्धको लागि भन्दै केही पैसा जम्मा गर्ने चलन पुरानै हो । तर पनि तपाईं आफैंले पनि आफ्नो विवाहमा खर्च गर्नका लागि केही पैसा जम्मा गर्न सक्नुहुन्छ ।

जस्तै, हरेक महिना आफूले सक्ने जति रकम बचत गर्न सकिन्छ । बचतले भविष्यमा आइपर्ने भइपरीमा निकै सहयोग गर्छ ।  फन्ड बनाएर काम गर्दा केही फन्ड जम्मा गर्ने र केही अन्य काममा खर्च गर्न पनि सकिन्छ ।

योजना अनुसार काम गर्नुस्ः

यदी तपाई आफ्नो परिवारको कुनै सदस्यको वा आफ्नो विवाहको लागि सपिङ गर्ने योजना बनाइरहनु भएको छ भने यसको लागि एउटा खास योजना बनाउनुस् अनि काम सुरु गर्नुस् । कुनै ठूलो रकमको सामान किन्दै हुनुहुन्छ भने अफर तथा डिस्काउन्टको जानकारी अवश्य लिनुस्, यसले तपाईंलाई निकै सहयोग गर्नेछ ।

कुन कम्पनीले कति छुटमा सामान बिक्रि गरिरहेका छन्, त्यसबारे राम्रोसँग बुझ्नुहोस् । त्यसैगरी हतारमा सामान खरिद नगर्नुस्, यसले तपाईंलाई तनावमा पार्न सक्छ । हतार गर्दा एक त सामानको गुणस्तरबारे बुझ्न पाईंदैन भने धेरै खर्चको मारमा पर्नुपर्ने अवस्था आउन पनि सक्छ । केही समय अगावै सामान खरिद गर्दा तपाईले राम्रोसँग बुझ्ने समय पाउनु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप