शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८ डलरको खाजा लिन लाइनमा बसे ६३ वर्षीय बिल गेट्स, फोटो सोसल मिडियामा भाइरल

शनिबार, ०५ माघ २०७५, १० : ३१
शनिबार, ०५ माघ २०७५

संसारका दोस्रो धनी व्यक्ति बिल गेट्सको साधारण व्यक्तित्वका विभिन्न उदाहरण छन् । माइक्रोसफ्ट कम्पनीका कर्मचारीले पनि थुप्रै पटक बिल गेट्सलाई सबैभन्दा उत्कृष्ट मालिक बताइसकेका छन् । अब सोसल मिडियामा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि ।

बर्गरका पारखी हुन् गेट्सः

गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा रातो रङको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक व्यक्ति पछाडि उभिएका छन् । यो फोटो सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टको बताइएको हो । गेट्स बर्गरका पारखी हुन् र उनी बेलेभ्युस्थित बर्गरमास्टरका निकै इमान्दार ग्राहक हुन् । 

माइक्रोसफ्टका पूर्व कर्मचारीको पेजको यो फोटो सेयर हुने बित्तिकै फोटो भाइरल भयो । फोटोको मुनी गेलोसले लेखेका थिए, ‘ तपाईं अर्बौंका मालिक र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउने व्यक्ति हुँदाहुँदै पनि बर्गर, फ्राई र कोकका लागि एउटा रेष्टुरेन्ट बाहिर साधारण मानिस सरह लाइनमा बस्नुहुन्छ ।’

ट्रम्पमाथि निशानाः

गेलोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पनि निशाना साँधेका छन् । उनले लेखे, ‘ वास्तविक धनी व्यक्तिले यस्तै व्यवहार देखाउँछन् न कि ह्वाइट हाउसको सुनको ट्वाइलेट सिटमा बसेर पोज दिन्छन् ।’

फेसबुकमा यो फोटोले अहिलेसम्म २० हजार बढी लाइक पाइसकेको छ । फोटो १६ हजार बढी पटक सेयर भइसकेको छ । गेलोसका अनुसार बिल गेट्स कहिले पनि प्रचारको भोको रहेनन् उनी निकै मिलनसार छन् तर उनलाई थाहा छ कि उनलाई मानिसहरुले सेलिब्रिटीको रुपमा हेर्छन् । 

सधैं निकै साधारण रहेः

बिल गेट्सले पहिले पनि अन्तर्वार्तामा आफूलाई कुनै विशेष व्यक्तिको रुपमा हेर्ने कुनै शौख नभएको बताइसकेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप