बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माणिकलाल सर अस्पताल भर्ना

शनिबार, ०५ माघ २०७५, १० : ०७
शनिबार, ०५ माघ २०७५

काठमाडौं । नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो. माणिकलाल श्रेष्ठ मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ ।

उहाँको स्वास्थ्य स्थिति गम्भीर भएपछि हिजो बेलुकी उहाँलाई अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको छ । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित हुनभएपछि उहाँलाई लामो समयसम्म सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । अलि विसेक भएपछि उहाँलाई घरमै राखी उपचार गरिँदै आइएको छ । त्यसबाहेक, उहाँलाई नियमित रुपमा डाइलोसिस समेत गरिँदै आइएको छ ।

पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् । कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयवस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उहाँसँग सरसल्लाह लिने गर्छन् । आम मानिसहरु बीच उहाँ माणिक सरको नामले चर्चित र आदरणीय व्यक्तित्व हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप