शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प–किमको दोस्रो भेट चाँडै नै हुने ह्वाइट हाउसको घोषणा

शनिबार, ०५ माघ २०७५, ०९ : ५०
शनिबार, ०५ माघ २०७५

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनलाई फेब्रुअरी महिनाको अन्तिम हप्तातिर भेट गर्ने ह्वाइट हाउसले जानकारी दिएको छ ।

यो घोषणा अघि किमका एक विशेष व्यक्तिले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गरे ।

यसपटक यी दुई नेताको भियतनाममा भेट हुने अनुमान गरिएको छ ।

 ह्पाइट हाउसमा ट्रम्पलाई भेट्ने किम जोंग उनका विशेष व्यक्तिको नाम किम योंग छोल हो जो उत्तर कोरयाका एक शीर्ष वार्ताकार हुन् ।

ट्रम्प र किम जोंग उनको पहिलो ऐतिहासिक भेट गत वर्ष जूनमा सिंगापुरको भएको थियो ।

त्यतिबेला उत्तर कोरियाको परमाणु निःशस्त्रीकारणबारे कुरा भएको थियो तर त्यतिबेला अहिलेसम्म यो दिशामा निकै थोरै प्रगती भएको छ ।

बीबीसी संवाददाता बार्बरा प्लेट अशरका अनुसार किम योंग छोलको वासिङ्टन आउनु एक राम्रो संकेत हो जुन न्यूक्लियर डिप्लोमेसीतर्फ ईशारा गर्छ ।

जनरल किम योंग छोल एक पूर्व गुप्चर अधिकारी हुन् जसलाई किम जोंग उनको दाहिने हात भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप