शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निःशुल्क प्राविधिक शिक्षा : परीक्षा केन्द्र निर्धारण गरियो (सूचनासहित)

शनिबार, ०५ माघ २०७५, ०८ : ४८
शनिबार, ०५ माघ २०७५

काठमाडौं–प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्ले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्रालाई निःशुल्क रुपमा प्राविधिक शिक्षा पढाउने कार्यक्रमअनुसार आवेदन दिनेहरुको प्रवेश परीक्षासम्बन्धी तालिका निर्धारण गरेको छ । 

परिषद्ले प्राविधिक एसएलसी र डिप्लोमा÷प्रमाणपत्र तहको अध्ययनका लागि प्रवेश परीक्षा माघ १२ गते सञ्चालन हुने जनाएको छ ।

परीक्षा बिहान सवा १० बजेदेखि सुरु हुनेछ भने तोकिएको केन्द्रबाट माघ १० र ११ गते प्रवेश परीक्षा लिनुपर्नेछ ।

यस्तै परीक्षामा सहभागि हुने विद्यार्थीले कालो जेल कलमको प्रयोग गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप