शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डर्टमन्डसँग दुरी घटाउँदै बायर्न

शनिबार, ०५ माघ २०७५, ०८ : ४०
शनिबार, ०५ माघ २०७५

एजेन्सी - जर्मन बुन्डेस लिगको साविक विजेता बायर्न म्युनिखले शीर्ष टोली बोरुसिया डर्टमन्डसँग अंक दुरी घटाउँदै लगेको छ । लिगको दोस्रो स्थानमा रहेको बायर्नले शुक्रबार राति भएको खेलमा होफेनहाइमलाई ३–१ गोलले हरायो । 

जितसँगै बायर्नले डर्टमन्डसँगको दुरी तीन अंकले घटाएको हो । बायर्नले १८ खेलबाट ३९ अंक बनाएको छ । एक खेल कम खेलेको डर्टमन्डको ४२ अंक छ । २५ अंक बनाएको होफेनहाइम सातौँ स्थानमा छ  

होफेनहाइमको घरेलु मैदानमा भएको एक पक्षीय खेलमा बायर्नलाई जित दिलाउन लियोन गोरेटज्काले ३४ औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरे । रोबर्ट लेवान्डोस्कीले ८७ औँ मिनेटमा एक गोल गरेका थिए । यसअघि ५९ औँ मिनेटमा होफेनहाइमका निको स्कुल्जले एक गोल फर्काएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप