मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ मर्स्याङ्दी क्लबलाई फिफा अध्यक्षको बधाई

शनिबार, ०५ माघ २०७५, ०८ : १५
शनिबार, ०५ माघ २०७५

काठमाडौं - पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टीनोले बधाई दिएका छन् । फिफा अध्यक्ष जियानीले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पामार्फत बिहीबार मनाङलाई बधाई पत्र पठाएका हुन् । 

फुटबलमा सकारात्मक सन्देश प्रवाह गरेकोमा फिफाले फुटबल समुदायका तर्फबाट मनाङ र एन्फालाई धन्यवाद पनि दिएको छ । मनाङ सर्वाधिक आठ पटक ‘ए’ डिभिजन लिग जितेर कीर्तिमान बनाएको थियो । 

एन्फाले पहिलो पटक रेलिगेन बिनाको लिग सञ्चालन गरेकोले घरेलु दर्शक र सर्मथकको त्यति साथ पाएको थिएन । लिगलाई फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले भने मान्यता दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप