सन्दीपले लिए एक विकेट, सिलेट डाइनामाइट्ससँग ६ विकेटले पराजित
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा चौथो हार खेपेको छ । शुक्रबार भएको खेलमा सिलेट सिक्सर्स ढाका डाइनामाइट्ससँग ६ विकेटले पराजित भयो ।
सिक्सर्सले दिएको एक ५९ रनको विजयी लक्ष्य डाइनामाइट्सले १७ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । डाइनामाइट्सका लागि शकिब अल हसनले सर्वाधिक ६१ र आन्द्र रुसेलले अविजित ४० रन बनाएका थिए ।
बलिङमा सन्दीप टोली सिक्सर्सका मोहमद इरफानले दुई विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै एक विकेट लिए । उनले २७ रन खर्चिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिक्सर्सले निर्धारत २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । सिक्सर्सका लागि कप्तान डेभिड वार्नरले ६३ रन बनाए ।
लिटोन दासले २७ र जकार अलीले २५ रन बनाएका थिए । सन्दीप लामिछाने सुन्य रनमा अविजित रहे । चौथो हारसँगै सन्दीपको टोली सिक्सर्सको प्ले अफ यात्रा कठिन बनेको छ । सिक्सर्सले ६ खेलबाट जम्मा चार अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि मौसममा सुधार आउने
-
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त