शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिशूलीमा फोहोर फ्याँके कारवाही

शुक्रबार, ०४ माघ २०७५, २१ : ०३
शुक्रबार, ०४ माघ २०७५

मुग्लिन । त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गरिने भएको छ । इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो । 

सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानूनअनुसार कारवाही गरिने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् । 

गाउँपालिकालाई सफा र हरियालियुक्त बनाउनका निम्ति ‘क्लिन एण्ड ग्रिन इच्छाकामना’ अभियान सञ्चालन गरिएको उनले जानकारी दिइन् । 

‘सूचना अटेर गरी त्रिशूलीमा फोहर फ्याँकेको पाइएमा प्रचलितअनुसारको कानूनी कारवाही गरिनेछ,’ उनले भनिन् । 

गाउँपालिकाले फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको छ ।‘फोहर सङ्कलन गर्न सवारीसाधनका लागि बोलपत्र आह्वान गरिएको छ,’ अध्यक्ष गुरुङले भनिन् । 

दश वर्षका लागि निजी व्यक्तिको जग्गा भाडामा लिई फोहर व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप