बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताको सन्देश देशैभरि पुगोस् : सभापति देउवा

शुक्रबार, ०४ माघ २०७५, १९ : ५०
शुक्रबार, ०४ माघ २०७५

वालिङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पु¥याउनुपर्ने बताएका छन् । 

स्वतन्त्रता सेनानी एवम् जिविस स्याङ्जाका पूर्वसभापति स्व शिवकुमार अधिकारीको सम्झानामा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उनले भने, ‘लोकतन्त्र, विकास र समृद्धिका लागि काङ्ग्रेस एकतावद्ध भएर अगाडि बढेको सन्देश देशैभरि पु¥याउनुपर्छ ।’
 
सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाले देखाएको उदाहरण नमूनायोग्य भएको चर्चा गर्दै पुनः सोही खालको सङ्गठन देशैभर विस्तार गर्नुपर्नेमा जोड दिए । 

‘नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा स्व अधिकारीले सक्रिय भूमिका खेल्नुभएको थियो,’ उनले भने, ‘अधिकारीको निधनले एक कुशल सङ्गठनकर्ता गुमाउँदा पार्टीलाई अपूरणीय क्षति भएको छ ।’  

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कामभन्दा बढी कुरा गरेको बताउँदै दुई तिहाइको वर्तमान सरकार विकृति र अनियमिततातर्फ उन्मुख हुँदै गएको आरोप लगाए । 

बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु दुःखद भएको उनले बताए । 

काङ्ग्रेस महासमिति सदस्य, जिल्ला कार्य समितिका सचिव तथा प्रजातन्त्र प्राप्तिपछिको पहिलो जिविस सभापति भएर राजनीतिमा सक्रिय रहेका अधिकारीको गत पुस १० गते निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप