सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सुरु
-टंक कुँवर
धनगढी– सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबार शुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा सांसदहरुले तेस्रो अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् । एक घण्टा चलेको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ र नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रणबहादुर रावल, सांसद्हरु वीरमान चौधरी, मानबहादुर धामी, मालामतिकुमारी राना र भरतबहादुर खड्काले बोलेका थिए ।
पहिलो बैठकमा प्रतिपक्षका सांसदहरुले सरकारको आलोचना गर्नमै समय खर्चिए भने सत्तापक्षका सांसदहरुले सरकारको बचाउ गरे । काँग्रेस संसदीय दलका सचेतक रावलले सरकारले संसदलाई चासो नै नदिएकाले विजनेस पनि दिन नसकेको बताए । उनले सरकारले बजेट कार्यान्वयनदेखि विधेयक निर्माणमा काम गर्न नसकेको भन्दै आलोचना गरे ।
काँग्रेसका सांसद खड्काले प्रदेश सरकारले अहिलेसम्म शून्य दशमलव ८ प्रतिशत बजेट खर्च गरेकोमा दुःख व्यक्त गरे । उनले सरकारले बजेट कार्यान्वयन नगर्दा सरकार नै नभएको महशुस भएको टिप्पणी गरे ।
राष्ट्रिय जनता पार्टीकी सांसद रानाले सरकारले बजेट आसेपासेलाई बाँडेको आरोप लगाइन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक तामाङले सरकारले आफ्नो गति लिएको बताए । उनले सरकारले बजेट कार्यान्वयन, कानुन निर्माण र राजधानी बनाउने निर्णयलाई कार्यान्वयन गर्ने गतिमा अगाडि बढेको बताए । उनले सरकारले निर्मला पन्त हत्यारा पत्ता लगाउन लगायतको काममा तगरारुकता देखाइरहेको बताए ।
सांसद वीरमान चौधरीले संघीयता कार्यान्वयनको चरणमा रहेको बताए । उनले सबै व्यवस्थापन मिलाउँदै जानुपर्ने भएकाले प्रदेश सरकारलाई काम गर्न केहि ढिलाई हुनु स्वाभाविक रहेको बताए । सांसद् धामीले प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढिरहेको बताए ।
उनले सरकारले आर्थिक सुचकांक दुई अंकले बृद्धि गरेको बताए । धामीले कर्मचारी समायोजन विधेयक संघीय सरकारले ल्याएको र त्यो लागु भएमा कर्मचारी समायोजन गरी बजेट कार्यान्वयन बढाउन अगाडि बढाउने बताए ।
सभामुख अर्जुनबहादुर थापाले बैठक अन्त्य गर्दै अधिवेशनको दोस्रो बैठक माघ ११ गते दिउँसो १ बजे बस्ने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै