मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका ऋचा शर्मा अस्पतालबाट डिस्चार्ज

शुक्रबार, ०४ माघ २०७५, १९ : ०३
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं । गत बुधबार राती अस्पताल भर्ना भएकी नायिका ऋचा शर्मा अस्पतालबाट डिस्चार्ज भएकी छन् । नायिका शर्मालाई थापाथलिस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । 

डिस्चार्ज हुँदै गर्दा रातोपाटीसँगको कुराकानीमा नायिका शर्माले भनिन्, ‘ठूलो रोग थियो कि भन्ने ठूलो चिन्ता थियो । तर, ग्यास्ट्रिकको सानो असर बाहेक अरु केही देखिएन ।’  

अब केहीदिन घरमै रेष्ट गरेर काममा फर्किने समेत उनले बताइन् । अस्पताल स्रोतका अनुसार नायिका ऋचाको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप