नयाँशक्ति पार्टीले ५ नम्बर प्रदेशमा जागरण अभियान थाल्ने
बुटवल– नयाँशक्ति पार्टीको ५ नम्बर प्रदेश कमिटीले पार्टी शुद्धीकरण अभियान थालेको छ । सो अभियानलाई विशेष महत्व दिँदै संगठनले शुक्रबार माघ महिनाभर गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको हो ।
प्रत्येक महिना पार्टी कामलाई योजनाबद्ध रुपमा लैजाने निणर्य गरेको नयाँ शक्ति ५ नम्बर प्रदेशले माघ महिनाभर मध्यपहाडी लोकमार्गमा जागरण अभियान,वडा सम्मेलन, गाउँपालिका अधिवेशन लगायतका कार्यक्रमहरु तय गरेको छ ।
पार्टीका प्रदेश संयोजक कमल खनालले बाँकी रहेका वडा र गाउँपालिकाको सम्मेलन तथा अधिवशेन गर्नका लागि विभिन्न नेताहरु जिम्मेवारी दिएको बताए । उनले रोकिएका गाउँपालिकाहरुको सम्मेलन माघ महिनाभित्र सक्ने बताए । ५ नम्बर प्रदेशका केही साना दलहरुसँग यसअघि नयाँशक्ति पार्टीसँग एकता भएको थियो ।
कतिपय जिल्लामा नेकपा मालेका नेताहरु नयाँ शक्तिमा आएका छन् । सोही एकता प्रक्रियालाई मध्येनजर गर्दै गाउँअधिवेशन सम्पन्न गर्ने र उपयुक्त जिम्मेवारी बाँडफाँड गरिने जनाइएको छ । माघ महिनाको अन्तिममा प्रदेशका युवा उद्योगी र स्वतन्त्र नागरिक समाजका प्रतिनिधिहरुसँग नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले छलफल गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला